ट्रेण्डिङ्ग:
|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित|नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले घट्यो|नेपाल–भारत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ: सभापति लामिछाने|फाइनलका लागि नेपालले ओमानसँग खेल्ने

बुधबार एकै दिन २७४ जना आरोही सगरमाथाको चुचुरोमा विभागका अनुसार यस वर्ष सगरमाथा आरोहण गर्न नेपालसहित ५५ देशका आरोहीले अनुमति लिएका छन् । जस अनुसार सबैभन्दा बढी चीनबाट १०९, अमेरिकाबाट ७७, भारतबाट ६१, बेलायतबाट ३२, रसियाबाट १८ र जापानबाट १२ जना आरोहीले अनुमति लिएका छन् ।

काठमाडौँ ।  हिमाल आरोहणका लागि सबैभन्दा उपयुक्त मानिने वसन्तकालीन आरोहण अन्तर्गत बुधबार एकै दिन २७४ जना आरोही सगरमाथाको चुचुरोमा पुगेका छन् । पर्वतारोहण सञ्चालक सङ्घका अनुसार वैशाख ३० गते सगरमाथा आरोहणको बाटो खुलेयता बुधबार स्वदेशी र विदेशी आरोही गरेर सर्वाधिक २७४ जना आरोही चुचुरोमा पुगेका हुन् ।

सङ्घका महासचिव ऋषिराम भण्डारीले भने, “आरोहण सुरु भएको पछिल्लो एक सातामा १४० जना आरोही चुचुरोमा पुगेर आधार शिविर फर्किएकामा बुधबार एकै दिन २७४ जनाले आरोहण पूरा गरे, जुन नेपाली पर्वतीय पर्यटनको इतिहासमा एकै दिन भएको अहिलेसम्मकै सर्वाधिक हो ।”

पछिल्लो दुई दिनयता हिमआँधीको वेग बढ्दै गए पनि मौसमको अवस्था अनुसार अबको एक सातामा आरोहणको पर्खाइमा रहेका थप आरोही शिखरमा पुगेपछि यस वर्ष सर्वाधिक आरोहीले आरोहण गरेको कीर्तिमान बन्न सक्ने उनले बताए ।

त्यसै गरी ल्होत्सेमा ५० भन्दा बढी र नुप्सेमा १६ जनाभन्दा बढी आरोहीले आरोहण पूरा गरेको उहाँले जानकारी दिए । यस वर्ष ल्होत्से आरोहण गर्न १४३ जना र नुप्से आरोहण गर्न ५६ जनाले अनुमति लिएका छन् ।

पर्यटन विभागका अनुसार वसन्तकालीन आरोहणका लागि यस वर्ष सगरमाथामा ४९४ आरोहीले अनुमति लिएका छन् । हरेक अनुमति लिने आरोहीका साथमा सहयोगी शेर्पासमेत रहने भएकाले यस पटक एक हजार हाराहारी आरोही सगरमाथाको शिखरमा पुग्ने अपेक्षा गरिएको छ । विभागबाट जारी भएको आरोहण अनुमति अनुसार यस वर्ष सगरमाथामा आरोहणका लागि लिएको अनुमति सङ्ख्या हालसम्मै सर्वाधिक हो । यसअघि सन् २०२१ को वसन्तकालीन याममा ४०८, सन् २०२२ मा ३२५, सन् २०२३ मा ४७८, सन् २०२४ मा ४२१ र सन् २०२५ को यही याममा ४५६ जना आरोहीले आरोहण अनुमति लिएका थिए ।

विभागका अनुसार यस वर्ष सगरमाथा आरोहण गर्न नेपालसहित ५५ देशका आरोहीले अनुमति लिएका छन् । जस अनुसार सबैभन्दा बढी चीनबाट १०९, अमेरिकाबाट ७७, भारतबाट ६१, बेलायतबाट ३२, रसियाबाट १८ र जापानबाट १२ जना आरोहीले अनुमति लिएका छन् । यस याममा आरोहणका लागि विभागले छ हजार मिटरभन्दा माथिका उचाइका ३० वटा हिमालमा आरोहण अनुमति जारी गरेको छ । जस अनुसार सबैभन्दा बढी सगरमाथामा ४९४, ल्होत्सेमा १४३, अमादब्लम १११, मकालु (पहिलो) मा ७२, नुप्सेमा ५६ जना आरोहीले अनुमति लिएका छन् ।

  himalayanvoice.com | ८ जेष्ठ २०८३, शुक्रबार ०१:००

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online