ट्रेण्डिङ्ग:
|शिकागोका मेयरले पोप लियो चौधौंलाई सामाजिक न्याय र बसाइँसराइमा प्रमुख सहयोगीको रूपमा हेरे|ट्रम्पको १.७७६ अर्ब डलरको ‘हतियारीकरण विरोधी’ सम्झौता कोषबाट भुक्तानी अस्थायी रूपमा न्यायाधीशद्वारा रोक|एनपीआई नीति संवादले टुक्रे संशोधनभन्दा अघि बढेर “विदेशस्थित नेपाली संलग्नता नीति” र “विदेशस्थित नेपाली ऐन” आवश्यक रहेको निष्कर्ष निकाल्यो|कुन आयोजनामा कति बजेट विनियोजन ?|राजनीतिक दललाई सरकारी अनुदान दिने सरकारको योजना|टुँडिखेलमा गणतन्त्र दिवस मनाइयो |गैर आवासीय नेपालीलाई दोस्रो बजारमा लगानी खुला|सुकुम्बासीको व्यवस्थापनमा सरकार चुक्यो : कांग्रेस सभापति थापा|आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बजेट विनियोजन |एलए मेट्रोले तपाईंको यात्राको योजना सहित भुक्तानी गर्ने नयाँ र सरल तरिकाहरू सुरु गर्‍यो

मधेश प्रदेशका नवनियुक्त पाँच मन्त्रीको शपथ ग्रहण सम्पन्न

जनकपुर । मधेस प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्ण प्रसाद यादवको सिफारिसमा नवनियुक्त ५ जना मन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

मुख्यमन्त्री कृष्ण प्रसाद यादवको सिफारिसमा संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रीपरिषद्को कार्य विभाजन तथा मन्त्रीपरिषद्को पुनर्गठनपछि नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख डा कर्णले प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

जिम्मेवारी अनुसार युवराज भट्टराई अर्थमन्त्री, लखन दास तत्मा खेलकुद तथा समाज कल्याण, शारदा देवी थापा श्रम तथा यातायात, मनोज कुमार सिंह शिक्षा तथा संस्कृति र नागेन्द्र साह स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री रहेका छन् ।

नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीबिच १५ बुँदे समझदारी भएपछि मन्त्रिपरिषद् विस्तार भएको हो ।

  himalayanvoice.com | १२ जेष्ठ २०८३, मंगलवार १०:४३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online