ट्रेण्डिङ्ग:
|शिकागोका मेयरले पोप लियो चौधौंलाई सामाजिक न्याय र बसाइँसराइमा प्रमुख सहयोगीको रूपमा हेरे|ट्रम्पको १.७७६ अर्ब डलरको ‘हतियारीकरण विरोधी’ सम्झौता कोषबाट भुक्तानी अस्थायी रूपमा न्यायाधीशद्वारा रोक|एनपीआई नीति संवादले टुक्रे संशोधनभन्दा अघि बढेर “विदेशस्थित नेपाली संलग्नता नीति” र “विदेशस्थित नेपाली ऐन” आवश्यक रहेको निष्कर्ष निकाल्यो|कुन आयोजनामा कति बजेट विनियोजन ?|राजनीतिक दललाई सरकारी अनुदान दिने सरकारको योजना|टुँडिखेलमा गणतन्त्र दिवस मनाइयो |गैर आवासीय नेपालीलाई दोस्रो बजारमा लगानी खुला|सुकुम्बासीको व्यवस्थापनमा सरकार चुक्यो : कांग्रेस सभापति थापा|आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बजेट विनियोजन |एलए मेट्रोले तपाईंको यात्राको योजना सहित भुक्तानी गर्ने नयाँ र सरल तरिकाहरू सुरु गर्‍यो

चीनको महिला राष्ट्रिय टोलीसँग नेपाली टिमले क्रिकेट खेल्ने

काठमाडौँ । चीनको महिला राष्ट्रिय टोलीसँग नेपाली महिला क्रिकेट टिमले ८७ महिना पछि खेल्दैछ ।

नेपाल र चीनबीचको ८७ महिना पछिको खेल बुधबार बिहान ११ः४५ बजेबाट मलेसियाको वायोमास ओभलमा हुदैछ । नेपाल र चीनबीच सन् २०१९ को फेब्रुअरी महिना पछि पहिलो पटक हुन लागेको हो ।

नेपाल र चीनबीच एसियन गेम्स महिला क्रिकेटको छनोटका क्रममा बुधबार खेल हुन लागेको हो । छनोटको पहिलो दिन इन्डोनेसियालाई हराएर सुखद सुरुवात गरेको चीन नेपालसँगको खेल जितेर छनोट हुने लक्ष्यमा छ ।

बुधबार बायोमास ओभलमा चीनका विरुद्ध नेपाली महिला टोलीलाई तेस्रो पटक मैदान उत्रँदै छ । नेपाली टोली यसअघिका दुवै भेटमा नेपाल विजयी भएको छ । चीनसँगको ट्वान्टी २० अन्तर्राष्ट्रियमा पहिलो पटक १२ जनवरी २०१९ मा भेट भएको थियो ।

पहिलो भेटमा नेपालले चीनलाई १० विकेटले पराजित गरेको थियो । चीनसँग सोही वर्षको फेब्रुअरी महिनामा भएको दोस्रो भेटमा नेपाल ५ रनले विजयी भएको थियो ।

बुधबार नेपालले चीनसँग ७ वर्ष ३ महिना पछि ट्वान्टी २० अन्तर्राष्ट्रियमा खेल्दैछ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को पछिल्लो वरियतामा नेपाल २२औँ स्थानमा रहँदा चीन भने ४३औँ स्थानमा छ ।

  himalayanvoice.com | १२ जेष्ठ २०८३, मंगलवार १०:५१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online