ट्रेण्डिङ्ग:
|शिकागोका मेयरले पोप लियो चौधौंलाई सामाजिक न्याय र बसाइँसराइमा प्रमुख सहयोगीको रूपमा हेरे|ट्रम्पको १.७७६ अर्ब डलरको ‘हतियारीकरण विरोधी’ सम्झौता कोषबाट भुक्तानी अस्थायी रूपमा न्यायाधीशद्वारा रोक|एनपीआई नीति संवादले टुक्रे संशोधनभन्दा अघि बढेर “विदेशस्थित नेपाली संलग्नता नीति” र “विदेशस्थित नेपाली ऐन” आवश्यक रहेको निष्कर्ष निकाल्यो|कुन आयोजनामा कति बजेट विनियोजन ?|राजनीतिक दललाई सरकारी अनुदान दिने सरकारको योजना|टुँडिखेलमा गणतन्त्र दिवस मनाइयो |गैर आवासीय नेपालीलाई दोस्रो बजारमा लगानी खुला|सुकुम्बासीको व्यवस्थापनमा सरकार चुक्यो : कांग्रेस सभापति थापा|आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बजेट विनियोजन |एलए मेट्रोले तपाईंको यात्राको योजना सहित भुक्तानी गर्ने नयाँ र सरल तरिकाहरू सुरु गर्‍यो

पर्सा जिल्ला अदालतको आदेशसँगै दुर्गा प्रसाईँ रिहा प्रसाईँले युट्युबमा महिलाहरूलाई लाञ्छना लगाएर अपशब्द बोलेको र राज्यका निकाय सेना र प्रहरीलाई होच्याउने अश्लील टिप्पणी गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताएका छन् ।

वीरगञ्ज । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महा अभियानका संयोजक दुर्गा प्रसाईँलाई पर्सा जिल्ला अदालतले आज साधारण तारेखमा छाड्न आदेश दिएसँगै पर्सा प्रहरीले रिहा गरेको छ ।

पर्सा अदालतको आदेशपछि प्रसाईँलाई रिहा गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी एव प्रवक्ता हरि बस्नेतले बताए । प्रहरीले उनलाई साइबर कसुर र राज्यविरुद्धको कसुरमा मुद्धा चलाएको थियो ।

पर्सा जिल्ला अदालतका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले आज प्रसाईँलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो ।

प्रसाईँविरुद्ध दर्ता मुद्धा माथिको सुनुवाइपछि अदालतले उनलाई थुनामा नराखी तारेखमा राखेर अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन आदेश दिएको हो ।

जेठ ४ मा प्रहरीले प्रसाईँलाई पर्साको वीरगन्जस्थित दियालो होटलबाट पक्राउ गरेको थियो । अदालतमा सोमबार मुद्धा दायर हुँदा उनीविरुद्ध विद्युतीय (इलेक्टोनिक) कारोबार ऐन २०६३ अन्तर्गतको कसुर र राज्य विरुद्धको कसुरमा सजाय हुनुपर्ने माग दाबी लिइएको थियो ।

प्रसाईँले युट्युबमा महिलाहरूलाई लाञ्छना लगाएर अपशब्द बोलेको र राज्यका निकाय सेना र प्रहरीलाई होच्याउने अश्लील टिप्पणी गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताएका छन् ।

  himalayanvoice.com | १२ जेष्ठ २०८३, मंगलवार ११:०२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online