ट्रेण्डिङ्ग:
|शिकागोका मेयरले पोप लियो चौधौंलाई सामाजिक न्याय र बसाइँसराइमा प्रमुख सहयोगीको रूपमा हेरे|ट्रम्पको १.७७६ अर्ब डलरको ‘हतियारीकरण विरोधी’ सम्झौता कोषबाट भुक्तानी अस्थायी रूपमा न्यायाधीशद्वारा रोक|एनपीआई नीति संवादले टुक्रे संशोधनभन्दा अघि बढेर “विदेशस्थित नेपाली संलग्नता नीति” र “विदेशस्थित नेपाली ऐन” आवश्यक रहेको निष्कर्ष निकाल्यो|कुन आयोजनामा कति बजेट विनियोजन ?|राजनीतिक दललाई सरकारी अनुदान दिने सरकारको योजना|टुँडिखेलमा गणतन्त्र दिवस मनाइयो |गैर आवासीय नेपालीलाई दोस्रो बजारमा लगानी खुला|सुकुम्बासीको व्यवस्थापनमा सरकार चुक्यो : कांग्रेस सभापति थापा|आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बजेट विनियोजन |एलए मेट्रोले तपाईंको यात्राको योजना सहित भुक्तानी गर्ने नयाँ र सरल तरिकाहरू सुरु गर्‍यो

फिफा विश्वकप : स्पेनको टोली घोषणा, रियलका कोही परेनन् सन् २०१० को विश्वकप विजेता स्पेन यसपटक समूह ‘एच’ मा रहेको छ । यस समूहमा केप भर्डे, साउदी अरेबिया र उरुग्वे रहेको छ । स्पेनले जुन १५ तारिख केप भर्डेसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ । 

दिनेश गिरी, बार्सिलोना । आगामी जुन ११ देखि जुलाई १९ तारिखसम्म अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने फिफा विश्वकप–२०२६ का लागि स्पेनिस टोलीको घोषणा भएको छ ।

२६ सदस्यीय टोलीमा बार्सिलोनाका आठ खेलाडीले स्थान बनाउँदा रियल म्याड्रिडका एउटै खेलाडी टोलीमा अटाएका छैनन् ।

सन् २०१० को विश्वकप विजेता स्पेन यसपटक समूह ‘एच’ मा रहेको छ । यस समूहमा केप भर्डे, साउदी अरेबिया र उरुग्वे रहेको छ । स्पेनले जुन १५ तारिख केप भर्डेसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।

स्पेनको विश्वकप टोली

गोलरक्षक : उनाई सिमोन, डेभिड राया र जोआन गार्सिया

रक्षक : मार्क कुकुरेला, अलेहान्ड्रो ग्रिमाल्डो, पाउ कुबार्सी, एमेरिक लापोर्टे, मार्क पुबिल, एरिक गार्सिया, मार्कोस लोरेन्टे र पेड्रो पोरो

मिडफिल्डर : पेड्रि, फाबियन रुइज, मार्टिन जुबिमेन्डी, गाभी, रोड्रिगो हर्नान्डेज (रोड्री), एलेक्स बाएना, मिकेल मेरिनो र मिकेल ओयार्जाबल

स्ट्राइकर : ड्यानी ओल्मो, निको विलियम्स, येरेमी पिनो, फेरान टोरेस, बोर्जा इग्लेसियस, भिक्टर मुनोज र लामिन यामल

  himalayanvoice.com | १२ जेष्ठ २०८३, मंगलवार ११:४०

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online