ट्रेण्डिङ्ग:
|शिकागोका मेयरले पोप लियो चौधौंलाई सामाजिक न्याय र बसाइँसराइमा प्रमुख सहयोगीको रूपमा हेरे|ट्रम्पको १.७७६ अर्ब डलरको ‘हतियारीकरण विरोधी’ सम्झौता कोषबाट भुक्तानी अस्थायी रूपमा न्यायाधीशद्वारा रोक|एनपीआई नीति संवादले टुक्रे संशोधनभन्दा अघि बढेर “विदेशस्थित नेपाली संलग्नता नीति” र “विदेशस्थित नेपाली ऐन” आवश्यक रहेको निष्कर्ष निकाल्यो|कुन आयोजनामा कति बजेट विनियोजन ?|राजनीतिक दललाई सरकारी अनुदान दिने सरकारको योजना|टुँडिखेलमा गणतन्त्र दिवस मनाइयो |गैर आवासीय नेपालीलाई दोस्रो बजारमा लगानी खुला|सुकुम्बासीको व्यवस्थापनमा सरकार चुक्यो : कांग्रेस सभापति थापा|आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बजेट विनियोजन |एलए मेट्रोले तपाईंको यात्राको योजना सहित भुक्तानी गर्ने नयाँ र सरल तरिकाहरू सुरु गर्‍यो

मलेसियामा आयोजना हुने ‘दोस्रो आरटी गोल्ड कप’ खेल तालिका सार्वजनिक मलेसियामा रहेका नेपाली क्लबहरू र नेपाली खेलाडीहरू माझ निकै प्रतिष्ठित मानिने यस दुई दिने नकआउट प्रतियोगितामा कुल १८ वटा टोलीहरूले सहभागिता जनाउँदै छन् ।

क्वालालम्पुर । मलेसियाको शाह आलमस्थित प्रसिद्ध पानासोनिक स्टेडियममा ‘दोस्रो आरटी गोल्ड कप २०२६’ फुटबल प्रतियोगिताको अन्तिम खेल तालिका (टाई सिट) सार्वजनिक गरिएको छ ।

आयोजक आरटी एफसी मलेसियाले आगामी मे ३१ र जुन १ (जेठ १७ र १८ गते) आयोजना हुन गइरहेको ‘दोस्रो आरटी गोल्ड कप २०२६’ फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो ।

‘द ग्रान्ड केलाना दमनसारा सुइट’मा आयोजित टाई सिट ड्र कार्यक्रम आरटी एफसीका अध्यक्ष राजु तामाङको सभाध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाली फुटबल एसोसिएसन (एनएफए) मलेसियाका कार्यवाहक अध्यक्ष विष्णु चौधरी प्रमुख अतिथि रहेका थिए भने अन्य एनएफए पदाधिकारीहरू, व्यवसायी मन्दिप भट्टराई, तथा सहभागी क्लबका अध्यक्ष एवं प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो ।

मलेसियामा रहेका नेपाली क्लबहरू र नेपाली खेलाडीहरू माझ निकै प्रतिष्ठित मानिने यस दुई दिने नकआउट प्रतियोगितामा कुल १८ वटा टोलीहरूले सहभागिता जनाउँदै छन् । सहभागी टोलीहरूलाई ग्रुप ‘ए’ र ग्रुप ‘बी’ गरी दुई समूहमा विभाजन गरिएको छ ।

पुरस्कार राशि र विधागत पुरस्कार:

प्रतियोगिताको विजेताले आकर्षक ट्रफीसहित २२,००० मलेसियन रिंगेट प्राप्त गर्नेछ भने उपविजेता टोलीले ११,००० मलेसियन रिंगेटमा चित्त बुझाउनेछ ।

टोलीगत पुरस्कारका अलावा व्यक्तिगत विधा तर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र सर्वोत्कृष्ट खेलाडीलाई जनही ३०० मलेसियन रिंगेट प्रदान गरिने आयोजकले जनाएको छ ।

खेल तालिका र समूह विभाजन


ग्रुप ‘ए’
आरटी एफसी विरुद्ध मकालु एफसी जोहोर – मे ३१ बिहान ०९:०० बजे
काठमाडौँ एफसी विरुद्ध बीजेवाई एफसी निलाई – मे ३१ दिउँसो १२:०० बजे
बीआरएस एफसी विरुद्ध बालेन सिटी एफसी – मे ३१ बेलुका ६:०० बजे
न्यू ब्वाइज एफसी जोहोर विरुद्ध मुआर एफसी – मे ३१ दिउँसो ३:०० बजे
(नोटस् मनकामना एफसी तालिका अनुसार पहिलो चरणको बाइ पाउँदै अघिल्लो चरणको विजेतासँग भिड्नेछ।)

ग्रुप ‘बी’
एनएफसी केएल विरुद्ध सर्लाही एफसी – मे ३१ बिहान १०:३० बजे
माईक्रोन एफसी विरुद्ध ब्रदर एफसी केएल – मे ३१ दिउँसो १:३० बजे
चर्च एफसी केएल विरुद्ध न्यू ब्वाइज एफसी केएल – मे ३१ बेलुका ७:३० बजे
हिमालयन एफसी विरुद्ध युनाइटेड एफसी – दिउँसो ४:३० बजे
एन पेनाङ एफसी विरुद्ध युनाइटेड एफसी – राति १०:३० बजे

  himalayanvoice.com | १२ जेष्ठ २०८३, मंगलवार ११:५९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online