ट्रेण्डिङ्ग:
|शिकागोका मेयरले पोप लियो चौधौंलाई सामाजिक न्याय र बसाइँसराइमा प्रमुख सहयोगीको रूपमा हेरे|ट्रम्पको १.७७६ अर्ब डलरको ‘हतियारीकरण विरोधी’ सम्झौता कोषबाट भुक्तानी अस्थायी रूपमा न्यायाधीशद्वारा रोक|एनपीआई नीति संवादले टुक्रे संशोधनभन्दा अघि बढेर “विदेशस्थित नेपाली संलग्नता नीति” र “विदेशस्थित नेपाली ऐन” आवश्यक रहेको निष्कर्ष निकाल्यो|कुन आयोजनामा कति बजेट विनियोजन ?|राजनीतिक दललाई सरकारी अनुदान दिने सरकारको योजना|टुँडिखेलमा गणतन्त्र दिवस मनाइयो |गैर आवासीय नेपालीलाई दोस्रो बजारमा लगानी खुला|सुकुम्बासीको व्यवस्थापनमा सरकार चुक्यो : कांग्रेस सभापति थापा|आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बजेट विनियोजन |एलए मेट्रोले तपाईंको यात्राको योजना सहित भुक्तानी गर्ने नयाँ र सरल तरिकाहरू सुरु गर्‍यो

अमेरिकी उपविदेशमन्त्री सारा बि रोजर्स आगामी शनिबार नेपाल भ्रमणमा आउदै दूतावासका कार्यवाहक राजदूत स्कट अर्बोमसँगै सगरमाथा आधार शिविर पुगेर उनले ड्रोन उडाएका थिए । सर्जियो गोरले उडाएको ड्रोनबारे कूटनीतिक र राजनीतिक वृत्तमा भूराजनीतिसँग जोडेर चर्चा भएको थियो ।

काठमाडौं । अमेरिकी उपविदेशमन्त्री सारा बि रोजर्स नेपाल भ्रमणका क्रममा काठमाडौं आइपुग्ने आगामी शनिबार कार्यक्रम छ । रास्वपा वरिष्ठ नेता बालेन शाह नेतृत्वमा नयाँ सरकार गठनपछि तेस्रो अमेरिकी कूटनीतिज्ञले नेपाल भ्रमण गर्न लागेका हुन् ।

उपविदेशमन्त्री रोजर्स काठमाडौंस्थित अमेरिकी दूतावासका पब्लिक अफेयर्स प्रमुख माइक ह्याकरले सगरमाथा आरोहण गरेको अवसरमा बधाई दिन आउन लागेको दूतावासले जनाएको छ । जेठ १७ गते काठमाडौंस्थित होटल अलफ्टमा दूतावासले आयोजना गर्न लागेको ‘नेपाल एसेन्ट समिट’ मा सारा सहभागी हुने बताइएको छ ।

यसअघि दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर वैशाख ७ गते तीन दिने भ्रमणका लागि काठमाडौं आएका थिए । त्यसपछि अमेरिकी राष्ट्रपतिका विशेष दूत तथा भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरले उच्चस्तरीय भ्रमण गरेका थिए ।

दूतावासका कार्यवाहक राजदूत स्कट अर्बोमसँगै सर्जियो गोरले सगरमाथा आधार शिविर पुगेर उनले ड्रोन उडाएका थिए । सर्जियो गोरले उडाएको ड्रोनबारे कूटनीतिक र राजनीतिक वृत्तमा भूराजनीतिसँग जोडेर चर्चा भएको थियो ।

अहिले आउन लागेकी उपविदेशमन्त्री सारा सगरमाथा आरोहण गरेका उनका काठमाडौंस्थित कूटनीतिक कर्मचारी माइक हार्करको सम्मानमा आयोजना गर्न लागिएको कार्यक्रममा सहभागी हुँदैछिन् । हार्करले जेठ ६ गते बिहान सगरमाथाको सफल आरोहण गरेपछि उनी पदमा कार्यरत रहेकै समयमा सगरमाथा आरोहण गर्ने पहिलो अमेरिकी कूटनीतिक कर्मचारी बनेको दूतावासले जनाएको छ ।

  himalayanvoice.com | १२ जेष्ठ २०८३, मंगलवार १६:५८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online