ट्रेण्डिङ्ग:
|शिकागोका मेयरले पोप लियो चौधौंलाई सामाजिक न्याय र बसाइँसराइमा प्रमुख सहयोगीको रूपमा हेरे|ट्रम्पको १.७७६ अर्ब डलरको ‘हतियारीकरण विरोधी’ सम्झौता कोषबाट भुक्तानी अस्थायी रूपमा न्यायाधीशद्वारा रोक|एनपीआई नीति संवादले टुक्रे संशोधनभन्दा अघि बढेर “विदेशस्थित नेपाली संलग्नता नीति” र “विदेशस्थित नेपाली ऐन” आवश्यक रहेको निष्कर्ष निकाल्यो|कुन आयोजनामा कति बजेट विनियोजन ?|राजनीतिक दललाई सरकारी अनुदान दिने सरकारको योजना|टुँडिखेलमा गणतन्त्र दिवस मनाइयो |गैर आवासीय नेपालीलाई दोस्रो बजारमा लगानी खुला|सुकुम्बासीको व्यवस्थापनमा सरकार चुक्यो : कांग्रेस सभापति थापा|आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बजेट विनियोजन |एलए मेट्रोले तपाईंको यात्राको योजना सहित भुक्तानी गर्ने नयाँ र सरल तरिकाहरू सुरु गर्‍यो

इजरायलमा २३ सय घरेलु र कृषि क्षेत्रमा काम गर्ने दक्ष नेपाली कामदारको माग

काठमाडौँ । इजरायलले घरेलु र कृषि क्षेत्रमा काम गर्ने दक्ष नेपाली कामदारका लागि दुई हजार तीन सय पदमा दरखास्त आह्वान गरेको छ । नेपाल–इजरायल श्रम सम्झौता अनुसार दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका रूपमा नेपाली लैजाने प्रक्रिया सुरु गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

कुल सङ्ख्यामध्ये एक हजार ३८० महिला र ९२० पुरुष छनोट गरिने छ । उम्मेदवारको उमेर २५ देखि ४५ वर्षभित्र हुनुपर्ने छ । कम्तीमा कक्षा १० उत्तीर्ण गरी एएनएम र सिएमए अध्ययन गरेको वा केयरगिभिङ तालिम लिएको हुनुपर्ने मापदण्ड छ ।

कामदारले मासिक करिब पाँच हजार ८८१ इजरायली मुद्रा तलब पाउने छन् । ओभरटाइम, बिदा र खानाको सुविधा पनि उपलब्ध हुने छ ।

इच्छुकले वैदेशिक रोजगार विभागको अनलाइन पोर्टलमार्फत २०८३ असार ७ गते दिउँसो १२ बजेसम्म आवेदन दिन सक्ने छन् । आवेदनका लागि राहदानी, फोटो, शैक्षिक तथा तालिम प्रमाणपत्र र चारित्रिक प्रमाणपत्र आवश्यक पर्ने विभागले जनाएको छ ।

  himalayanvoice.com | १३ जेष्ठ २०८३, बुधबार ०४:१८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online