ट्रेण्डिङ्ग:
|शिकागोका मेयरले पोप लियो चौधौंलाई सामाजिक न्याय र बसाइँसराइमा प्रमुख सहयोगीको रूपमा हेरे|ट्रम्पको १.७७६ अर्ब डलरको ‘हतियारीकरण विरोधी’ सम्झौता कोषबाट भुक्तानी अस्थायी रूपमा न्यायाधीशद्वारा रोक|एनपीआई नीति संवादले टुक्रे संशोधनभन्दा अघि बढेर “विदेशस्थित नेपाली संलग्नता नीति” र “विदेशस्थित नेपाली ऐन” आवश्यक रहेको निष्कर्ष निकाल्यो|कुन आयोजनामा कति बजेट विनियोजन ?|राजनीतिक दललाई सरकारी अनुदान दिने सरकारको योजना|टुँडिखेलमा गणतन्त्र दिवस मनाइयो |गैर आवासीय नेपालीलाई दोस्रो बजारमा लगानी खुला|सुकुम्बासीको व्यवस्थापनमा सरकार चुक्यो : कांग्रेस सभापति थापा|आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बजेट विनियोजन |एलए मेट्रोले तपाईंको यात्राको योजना सहित भुक्तानी गर्ने नयाँ र सरल तरिकाहरू सुरु गर्‍यो

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्वारा आर्थिक वर्ष २०८२-०८३ काे आर्थिक सर्वेक्षण संसदमा पेश चालु आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रको आकार ६६ खर्ब र प्रतिव्यक्ति कुल राष्ट्रिय आय १ हजार ५ सय ३५ अमेरिकी डलर पुग्ने अनुमान रहेको अर्थमन्त्री वाग्लेले बताउनुभयो ।

काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८२-०८३ आर्थिक सर्वेक्षण संसद्मा पेश गरेको छ । संघीय संसद्को प्रतिनिधि सभामा आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ३.८५ प्रतिशतले विस्तार हुने अनुमान गरिएको बताउनुभयो ।

अर्थमन्त्री डा. वाग्लेले मुलुकको आर्थिक तथा सामाजिक सूचकहरूमा सुधार भएको भन्दै फागुनसम्म संघीय राजश्व ३.२ प्रतिशतले बढेको बताउनुभयो ।

चालु आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रको आकार ६६ खर्ब र प्रतिव्यक्ति कुल राष्ट्रिय आय १ हजार ५ सय ३५ अमेरिकी डलर पुग्ने अनुमान रहेको अर्थमन्त्री वाग्लेले बताउनुभयो ।

अर्थमन्त्री डा.वाग्लेले चालु आर्थिक वर्षको फागुनसम्म संघीय राजश्व ३.२ प्रतिशतले बढेको जानकारी गराउनुभयो । उहाँले संघीय खर्च १०.४ प्रतिशतले बढे पनि पुँजीगत खर्च उल्लेख्य सुधार हुन नसकेको बताउनुभयो ।

यस अवधिमा सरकारले आन्तरिक र बाह्य ऋण गरी ३ खर्ब सार्वजनिक ऋण परिचालन गरेको छ ।

फागुनसम्म सरकारको तिर्न बाँकी कुल सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब रहेको, व्यापार घाटा ११. २ प्रतिशतले बढेर १० खर्ब ९८ अर्ब र विप्रेषण आप्रवाह ३७.७ प्रतिशतले बढेर १४ खर्व ५० अर्ब पुगेको जानकारी गराउनुभयो ।

  himalayanvoice.com | १३ जेष्ठ २०८३, बुधबार ०५:४२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online