ट्रेण्डिङ्ग:
|शिकागोका मेयरले पोप लियो चौधौंलाई सामाजिक न्याय र बसाइँसराइमा प्रमुख सहयोगीको रूपमा हेरे|ट्रम्पको १.७७६ अर्ब डलरको ‘हतियारीकरण विरोधी’ सम्झौता कोषबाट भुक्तानी अस्थायी रूपमा न्यायाधीशद्वारा रोक|एनपीआई नीति संवादले टुक्रे संशोधनभन्दा अघि बढेर “विदेशस्थित नेपाली संलग्नता नीति” र “विदेशस्थित नेपाली ऐन” आवश्यक रहेको निष्कर्ष निकाल्यो|कुन आयोजनामा कति बजेट विनियोजन ?|राजनीतिक दललाई सरकारी अनुदान दिने सरकारको योजना|टुँडिखेलमा गणतन्त्र दिवस मनाइयो |गैर आवासीय नेपालीलाई दोस्रो बजारमा लगानी खुला|सुकुम्बासीको व्यवस्थापनमा सरकार चुक्यो : कांग्रेस सभापति थापा|आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बजेट विनियोजन |एलए मेट्रोले तपाईंको यात्राको योजना सहित भुक्तानी गर्ने नयाँ र सरल तरिकाहरू सुरु गर्‍यो

एसियन गेम्स महिला क्रिकेट छनोटमा नेपालद्वारा चीन पराजित

काठमाडौँ । एसियन गेम्स महिला क्रिकेट छनोटमा नेपालले चीनविरुद्ध सङ्घर्षपूर्ण निकालेको छ ।

मलेसियाको बायोमास क्रिकेट ओभलमा बुधबार सम्पन्न खेलमा नेपालले चीन माथि १९ रनको जित हात पारेको हो । नेपालले दिएको १२६ रनको मध्यम लक्ष्य पछ्याएको चीनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १०६ रन मात्र बनाउन सक्यो ।

उपकप्तान पूजा महतोको अर्ध शतकसँगै नेपालले एसियन गेम्स महिला छनोटमा विजयी सुरुआत गरेको छ ।

योसँगै २ अंक जोडेको नेपालले सेमिफाइनल खेल्ने सम्भावना बलियो बनाएको छ । अब नेपालले अन्तिम खेल इन्डोनेसियासँग खेल्नेछ ।

चीनकी कप्तान मिङ्यु झुले सर्वाधिक ३० रन बनाइन् । वाङ हुइङ २१, वेई हाइटिंग १८ र जियापिङ लि १५ रनमा आउट भए ।

नेपालकी रिया शर्माले सर्वाधिक २ विकेट लिइन् । मनिषा उपाध्याय, कविता कुँवर र पूजा महतोले समान १ विकेट लिए ।

नेपालका लागि उपकप्तान पूजा महतोले ६३ रनको अर्धशतकीय इनिङ्स खेलिन् । नेपालको लागि भरपर्दो ब्याटर सम्झना खड्का ३ बलमा ४ रन बनाउँदै पहिलो ओभरमा आउट भइन् । दोस्रो विकेटका लागि पूजाले सोनी पाख्रिनसँग मिलेर ३७  रनको महत्त्वपूर्ण साझेदारी गरिन् । सोनी २४ बलमा १८ रन जोड्दै आउट भइन् ।

कविता कुँवर ५ रनमा आउट हुँदा चौथो विकेटका लागि पूजा र रुवि पोदारका बीचमा ६४ रनको साझेदारी भयो । रुवि २२ तथा रुबिना क्षेत्री ४ रनमा अविजित रहिन् ।

  himalayanvoice.com | १३ जेष्ठ २०८३, बुधबार ११:४६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online