ट्रेण्डिङ्ग:
|शिकागोका मेयरले पोप लियो चौधौंलाई सामाजिक न्याय र बसाइँसराइमा प्रमुख सहयोगीको रूपमा हेरे|ट्रम्पको १.७७६ अर्ब डलरको ‘हतियारीकरण विरोधी’ सम्झौता कोषबाट भुक्तानी अस्थायी रूपमा न्यायाधीशद्वारा रोक|एनपीआई नीति संवादले टुक्रे संशोधनभन्दा अघि बढेर “विदेशस्थित नेपाली संलग्नता नीति” र “विदेशस्थित नेपाली ऐन” आवश्यक रहेको निष्कर्ष निकाल्यो|कुन आयोजनामा कति बजेट विनियोजन ?|राजनीतिक दललाई सरकारी अनुदान दिने सरकारको योजना|टुँडिखेलमा गणतन्त्र दिवस मनाइयो |गैर आवासीय नेपालीलाई दोस्रो बजारमा लगानी खुला|सुकुम्बासीको व्यवस्थापनमा सरकार चुक्यो : कांग्रेस सभापति थापा|आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बजेट विनियोजन |एलए मेट्रोले तपाईंको यात्राको योजना सहित भुक्तानी गर्ने नयाँ र सरल तरिकाहरू सुरु गर्‍यो

‘मातृभूमिको माया विदेशमा रहनेलाई थाहा हुन्छ’

सिड्नी । अस्ट्रेलियाको सिड्नीस्थित ‘हाम्रो क्लब’ले अस्ट्रेलियामा बसोबास गर्दै आएका नेपालीको हकहित र अधिकारका पक्षमा सदैव क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेको छ ।

क्लबद्वारा यहाँ आयोजित विशेष कार्यक्रमका वक्ताहरूले अस्ट्रेलियामा रहेको नेपाली समुदाय, मातृभूमि नेपाल र नेपाली जनताका पक्षमा समर्पित रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रदेशमा रहे पनि आफूहरूमा नेपालीपन रहेको र नेपाली भनेर चिनिँदा गौरवको अनुभूति हुने बताउँदै उहाँहरूले अस्ट्रेलियास्थित नेपाली समुदायको सुख दुःख बाँड्ने आशा र भरोसासहित साझा चौतारीका रुपमा ‘क्लब’लाई स्थापित गर्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा कार्यक्रमका सहजकर्ता दिनेश सापकोटाले मातृभूमिप्रतिको माया विदेशमा रहँदा थाहा हुने उल्लेख गर्दै आपसी सहयोग र सद्भाव कायम गरी नेपाली समुदायको उत्थानका पक्षमा ‘क्लब’ रहेको स्पष्ट गर्नुभयो ।

क्लबका अध्यक्ष राजीव अधिकारीले अस्ट्रेलियन सरकारको विश्वास जिती अग्रजबाट प्राप्त सहयोग र सद्भावलाई समेत समेटेर यहाँस्थित नेपाली समुदायको हकहितमा आफूहरू खटिरहेको जानकारी दिनुभयो ।
सो क्लबको पाँचौँ वार्षिकोत्सवका अवसरमा आयोजित सो कार्यक्रममा सांसद नाथन ह्यागार्टी, काउन्सिलर एलिजा रहमान, पूर्व काउन्सिलर उषा डोम्माराजु, क्लबका संस्थापक अध्यक्ष अमूल्य प्रताप सिंहलगायत २०० भन्दा बढी नेपाली समुदायको उपस्थिति थियो । कार्यक्रममा ‘क्लब’को नयाँ वेबसाइट औपचारिकरुपमा सार्वजनिक गरिएको थियो ।

यसैगरी विविध खेलकुद प्रतियोगिता, गीतसङ्गीतसहित मनोरञ्जनात्मक कार्यक्रम र प्रतिभा सम्मान कार्यक्रमसमेत सो अवसरमा प्रस्तुत गरिएको थियो  ।

  himalayanvoice.com | १३ जेष्ठ २०८३, बुधबार ११:५३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online