ट्रेण्डिङ्ग:
|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित|नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले घट्यो|नेपाल–भारत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ: सभापति लामिछाने|फाइनलका लागि नेपालले ओमानसँग खेल्ने|बाह्र प्रमुख जिल्ला अधिकारी र छ सहसचिवको सरुवा तथा पदस्थापना|सम्पत्ति छानबिन आयोग: ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा

शिवकुमार अधिकारीको ‘कोपिला’ कथाकृति लोकार्पण

स्याङ्जा। नेपाली लेखक सङ्घ स्याङ्जाले प्रकाशन गरेको शिवकुमार अधिकारीको कथाकृति ‘कोपिला’को लोकार्पण गरिएको छ। नेपाली लेखक सङ्घ स्याङ्जाको चौथो जिल्ला अधिवेशन तथा प्रथम स्याङ्जा पर्या–हरित काव्य उत्सवको अवसरमा उक्त कृतिको लोकार्पण गरिएको हो।

कार्यक्रममा अग्रज स्रष्टा देवीप्रसाद वनवासी, पुतलीबजार प्रज्ञा प्रतिष्ठानका कुलपति विश्वप्रेम अधिकारी, स्याङ्जा साहित्य प्रतिष्ठानका अध्यक्ष कुमार राना, ध्रुवप्रसाद शर्मा पङ्गेनी, दीपक लम्साल, दहथुमका नेत्रनारायण रेग्मी, मिलन समीर, लक्ष्मी रेग्मी खनाल, मुनाल गोदार, विष्णु पङ्गेनी पाण्डे, खगेन्द्रजङ्ग थापा, जीबी राना, शोभाकान्त रेग्मी, गणेश खत्री, गुरुप्रसाद ढकाल, लीला रेग्मी, ढालबहादुर केसी, इन्द्रप्रसाद पाठक, विक्रम संवत, सरस्वती अर्याल काफ्ले, पारु थापा पल्ली, राजु गैह्रे, स्मारिका अर्याल र सीताराम अधिकारीलगायतले कविता, गजल र मुक्तक प्रस्तुत गर्नुभएको थियो।

यस्तै चौथो जिल्ला अधिवेशनले युवा स्रष्टा पारिश्वर न्यौपानेको अध्यक्षतामा जिल्ला समिति गठन गरेको छ। समितिको उपाध्यक्षमा युवराज सुवेदी, महिला उपाध्यक्षमा शान्ता थापा, सचिवमा गुरुप्रसाद ढकाल, कोषाध्यक्षमा शोभाकान्त रेग्मी र सहसचिवमा मुनाल गोदार रहनुभएको छ।

यसैगरी समितिको सदस्यमा राजु गैह्रे, जीबी राना, खगेन्द्रजङ्ग थापा, इन्द्रप्रसाद पाठक, पार्वती थापा पल्ली ‘पारु’ र सरस्वती अर्याल काफ्ले रहनुभएको छ।

  himalayanvoice.com | १७ जेष्ठ २०८३, आईतवार ११:५१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online