ट्रेण्डिङ्ग:
|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित|नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले घट्यो|नेपाल–भारत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ: सभापति लामिछाने|फाइनलका लागि नेपालले ओमानसँग खेल्ने|बाह्र प्रमुख जिल्ला अधिकारी र छ सहसचिवको सरुवा तथा पदस्थापना|सम्पत्ति छानबिन आयोग: ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा

नेपालले चीनलाई २२१ रनले हरायो

काठमाडौँ । कुशल भुर्तेलको सादनार शतकमा नेपालले सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको पहिलो खेलमा चीनमाथि सहज जित निकालेको छ । 

सिंगापुरको राष्ट्रिय क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपालले चीनलाई २२१ रनले हरायो । जितका लागि तीन सय १४ रनको विशाल लक्ष्य पछ्याएको चीन १९.२ ओभरमा सबै विकेटको क्षतिमा ९२ रनमा समेटिएको थियो ।

चीनका लागि शेन्जियान झेङले सर्वाधिक ३१ रन बनाउनुभयो । डु जियान हाउले १७ र कप्तान टेन सेन कुनले १२ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

चीनलाई निराश बनाउन बलिङमा नेपालका कुशल मल्लले तीन विकेट लिनुभयो । सन्दीप लामिछाने र सोमपाल कामीले दुई दुई तथा नन्दन यादवले एक विकेट लिनुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा दुई विकेटको क्षतिमा तीन सय १३ रन बनाएको थियो ।

नेपालका लागि कुशल भुर्तेलले शतक तथा कुशल मल्ल र रोहित पौडेलको अर्धशतक प्रहार गर्नुभयो । कुशलले ४३ बलमा पाँच चौका र १६ छक्काको सहयोगमा एक सय २९ रन बनाउनुभयो ।

उहाँले खेलको नवौँ ओभरमा ६ छक्का हान्दै एउटै ओभरमा ३७ रन बनाउनुभयो । कुशल मल्लले ४७ बलमा ८५ र रोहित पौडेल २१ बलमा अविजित ६९ रन जोड्नुभयो ।

नेपालले टी-२० क्रिकेटमा बनाएको यो सर्वाधिक दोस्रो योगफल हो । यसअघि नेपालले गत एसियन गेम्समा मंगोलियाविरुद्ध तीन सय १४ रनको योगफल बनाएको थियो । बलिङमा चीनका मा कुइनचेन र डेङ्ग जिङ्कीले एक एक विकेट लिनुभयो ।

पहिलो जितसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको छ । जुन ८ तारिखसम्म हुने छनोट खेलमा नेपाल समूह ‘ए’ मा रहेको छ । यस समूहमा मलेसिया र चीन छ ।

समूह ‘बी’ मा ओमान, हङकङ, बहराइन र सिंगापुर रहेको छ । समूहका शीर्ष दुई टोली एसियन गेम्समा छनोट हुनेछन् ।

  himalayanvoice.com | १७ जेष्ठ २०८३, आईतवार ११:५६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online