ट्रेण्डिङ्ग:
|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित|नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले घट्यो|नेपाल–भारत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ: सभापति लामिछाने|फाइनलका लागि नेपालले ओमानसँग खेल्ने

प्रतिपक्षी दलको अवरोधका कारण प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित बैठकमा नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री शाहले संसद्को रोष्ट्रममा उभिएर बोलेको विषयमा आफूहरूको नोटअफ डिसेन्ट रहेको भन्दै नेपालले भारतको कहाँ कहाँ जग्गा मिचेको हो त्यो हिसाब दिनुपर्ने बताउनुभयो ।

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिका विषयमा स्पष्टीकरणको माग गर्दै प्रतिपक्षी दलले अवरोध जारी राखेपछि बैठक भोली सम्मका लागि स्थगित भएको छ ।

नेपाल र भारतको सीमानाका विषयमा प्रधानमन्त्री शाहले आइतबारको प्रतिनिधिसभाको बैठकमा त्रुटिपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएको भन्दै प्रतिपक्षी दलका सांसदहरुले अवरोध कायमै राखेपछि सभामुख डोलप्रसाद अर्यालले आजको दोस्रो बैठक पनि स्थगित गर्नुभएको हो ।

सभाको दोस्रो बैठक सुरु हुने बित्तिकै प्रतिपक्षी दलका सांसदहरुले उठेर विरोध सुरु गर्नुभएको थियो । त्यसपछि सभामुख अर्यालले कानुन निर्माण गर्ने महत्वपूर्ण थलो सदन सञ्चालनका लागि सहयोग गर्न प्रतिपक्षी दलका सांसदहरूलाई आग्रह गर्नुभयो ।

सभामुख अर्यालले आग्रह गरे पनि प्रतिपक्षी दलका सांसदहरु आ–आफ्नो कुर्सीबाट उभिएर निरन्तर विरोध जारी राखेपछि सभामुख अर्यालले बैठक स्थगित गर्नुभएको हो ।

यसैबीच, प्रतिनिधिसभाको आइतबारको बैठकमा संसद्मा अमर्यादित व्यवहार प्रदर्शन गर्ने सांसदहरूमाथि छानबिन गर्ने विषयमा समिति गठन भएको छ ।

सभामुख डोलप्रसाद अर्यालले सभाको आजको बैठकमा ७ दिनभित्र प्रतिवेदन तयार गर्नेगरी प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा छानबिन समिति गठन भएको जानकारी गराउनुभयो ।

यसअघि आजको सभाको पहिलो बैठकमा प्रतिपक्षी दलका सांसदहरुले प्रधानमन्त्री बालेन्द्र शाहले आइतबारको बैठकमा दिनुभएको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गर्दै बैठक अवरुद्ध गर्नुभएको थियो ।

बैठकमा प्रतिपक्षी दलका सांसदहरुले प्रधानमन्त्री शाहले तथ्य प्रमाण र यथार्थमा आधारित भएर बोल्नुपर्ने भन्दै नेपालले भारतको सीमा मिचेको प्रमाण छ भने पेश गर्न माग गर्नुभयो ।

बैठकमा नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री शाहले संसद्को रोष्ट्रममा उभिएर बोलेको विषयमा आफूहरूको नोटअफ डिसेन्ट रहेको भन्दै नेपालले भारतको कहाँ कहाँ जग्गा मिचेको हो त्यो हिसाब दिनुपर्ने बताउनुभयो ।

उहाँले प्रधानमन्त्रीले बोले कै आधारमा भोली भारतले नेपालले मिचेको जमिन फिर्ता माग्यो भने कहाँ कसरी दिने हो त्यो स्पष्ट पार्नुपर्ने पनि बताउनुभयो ।

नेकपा एमालेका प्रमुख सचेतक ऐन बहादुर महरले देशका प्रधानमन्त्रीले नै नेपालले भारतको भूमि मिचेको भनेर दिएको अभिव्यक्तिमा कुनै सत्यता नरहेको भन्दै अभिव्यक्ति फिर्ता लिन माग गर्नुभयो ।

उहाँले नेपालले कही कतै पनि भारतको भूमि नमिचेको भन्दै प्रधानमन्त्रीको अभिव्यक्तिले सबै नेपालीको शिर झुकेको र प्रधानमन्त्रीको अभिव्यक्तिपछि सुस्तामा बाध निर्माणको कामलाई भारतीय पक्षले अवरोध पुर्याएको बताउनुभयो ।

नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले देशको प्रधानमन्त्री जिम्मेवारीपूर्ण हुनुपर्नेमा बहुमतको बल र अनुभवको अभावमा संसद्मा तथ्यहीन र त्रुटिपूर्ण अभिव्यक्ति दिएको बताउनुभयो ।

उहाँले सत्तापक्षीय दलका सभापति रवी लामिछाने भारत भ्रमण जाने समयमा प्रधानमन्त्री शाहले दिएको अभिव्यक्ति कतै भारतका लागि उपहार त होइन भनी प्रश्न समेत गर्नुभयो ।

श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले राष्ट्रियतासँग जोडिएको गम्भीर विषयमा प्रधानमन्त्रीको जवाफले गलत नजिर स्थापित गरेको बताउँदै अभिव्यक्ति फिर्ता नलिँदासम्म सदन अवरोध जारी रहने बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले प्रधानमन्त्रीको अभिव्यक्ति तथ्य प्रमाण र यथार्थमा आधारित हुनुपर्नेमा जोड दिँदै नेपालले भारतको सीमा मिचेको कुनै पनि प्रमाण छ भने पेश गर्न माग गर्नुभयो ।

प्रतिपक्षी दलका सांसदहरुले तथ्य र प्रमाणविना प्रधानमन्त्री शाहले संसद्को रोष्ट्रममा उभिएर बोलिरहँदा सभामुख डोलप्रसाद अर्यालले त्यसमा रुलिङ नगरेर मौन रहेर समर्थन गरेको भन्दै त्यसको पनि विरोध गर्नुभयो ।

सभामुख अर्यालले आइतबारको सभाको बैठकको गतिरोध अन्त्य गर्न प्रतिपक्षी दलहरूसँग पटक–पटक सहमतिको प्रयास र संवाद गर्न खोजेको भए पनि प्रतिपक्षी दलहरूले चासो नदेखाएका कारण प्रक्रिया अगाडी बढाएको बताउनुभयो ।

आज पनि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएको तर विपक्षी दलका प्रतिनिधि छलफलमा नआएको जानकारी गराउँदै सभामुख अर्यालले कानुन बनाउन र राष्ट्र एवं राष्ट्रियताका सवालमा प्रतिस्पर्धा गर्न सुझाव दिँदै सभामुखसँग प्रतिस्पर्धा नगर्न प्रतिपक्षी दलका सांसदहरूलाई आग्रह गर्नुभयो ।

प्रतिनिधि सभाको अर्को बैठक भोली मङ्गलवार दिउँसो १ः०० बजे बस्ने छ ।

  himalayanvoice.com | १८ जेष्ठ २०८३, सोमबार ०९:३४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online