ट्रेण्डिङ्ग:
|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित|नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले घट्यो|नेपाल–भारत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ: सभापति लामिछाने|फाइनलका लागि नेपालले ओमानसँग खेल्ने

सभापति गगन थापा निकट करूणा कटुवाल नेविसङ्घ अध्यक्षमा मनोनित झन्डै दुई दशक देखि नेता अनुकुल मनोनित नेतृत्वको तर्दर्थवादमा चल्दै आएको नेपाली कांग्रेसको विद्यार्थी सङ्गठन नेविसङ्घको पटक पटक अधिवेशनको तिथि तोकिने तर निर्धारित तिथिमा नहुने पुरानो रोग हो ।

काठमाडौँ । नेपाली कांग्रेसको विद्यार्थी सङ्गठन नेविसङ्घको अध्यक्षमा सभापति गगन थापा निकट करूणा कटुवाल मनोनित भएकी छिन ।

कांग्रेस सभापति गगन थापाले सोमबार धनकुटाकी कटुवाललाई नेविसङ्घ अध्यक्षको जिम्मेवारी दिएका हुन् ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको २०८३ वैशाख २१ गते सम्पन्न बैठकको निर्णय बमोजिम सभापति थापाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा ४२ (१) (च) बमोजिम म्याद समाप्त भई स्वत: विघटन भएको सङ्घको अध्यक्षमा कटुवाललाई मनोनित गरिएको हो ।

अध्यक्ष कटुवाललाई तोकिएको समयभित्रै महाधिवेशन सम्पन्न गर्न ११ बुँदे कार्यादेश र कार्यविवरणसहित जिम्मेवारी प्रदान गरिएको विज्ञप्तीमा उल्लेख छ ।

कुनै समय देउवा र कोइराला समुहमा विभक्त नेविसङ्घ पछिल्लो समय देउवा र गगन समुहमा विभाजित छ र विद्यार्थीको मुद्धासंग साइनो र सरोकार नभएका नेता निकट बाहुबलीहरुको झुण्ड बन्दै आएको नेविसङ्घको नेतृत्व काँग्रेस भित्र पनि अलोकप्रिय संगठनको रुपमा परिचित छ ।

झन्डै दुई दशक देखि नेता अनुकुल मनोनित नेतृत्वको तर्दर्थवादमा चल्दै आएको नेपाली कांग्रेसको विद्यार्थी सङ्गठन नेविसङ्घको पटक पटक अधिवेशनको तिथि तोकिने तर निर्धारित तिथिमा नहुने पुरानो रोग हो ।

  himalayanvoice.com | १८ जेष्ठ २०८३, सोमबार १०:०४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online