ट्रेण्डिङ्ग:
|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित|नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले घट्यो|नेपाल–भारत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ: सभापति लामिछाने|फाइनलका लागि नेपालले ओमानसँग खेल्ने|बाह्र प्रमुख जिल्ला अधिकारी र छ सहसचिवको सरुवा तथा पदस्थापना|सम्पत्ति छानबिन आयोग: ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा

नेपाली पुरुष क्रिकेट टोली एसियन गेम्सका लागि छनोट

काठमाडौँ । चीनले लगातार दोस्रो हार बेहोरेसँगै नेपाली पुरुष क्रिकेट टोली एसियन गेम्सका लागि छनोट भएको छ ।

सिंगापुरमा भइरहेको छनोटमा चीन लगातार २ हारका साथ प्रतियोगिताबाट बाहिरिएपश्चात् नेपाल १ खेल अगावै प्रतियोगितामा सेमिफाइनल पुग्नुका साथै एसियन गेम्सका लागि छनोट भएको हो ।

पहिलो खेलमा नेपालसँग २२१ रनको फराकिलो अन्तरले पराजित चीन मङ्गलवार भएको दोस्रो खेलमा मलेसियासँग ९ विकेटले पराजित भयो । मलेसिया पनि नेपालसँगै एक खेल अगावै सेमिफाइनल पुग्दै एसियन गेम्सका लागि छनोट भएको छ ।

चीनले दिएको ८५ रनको लक्ष्य मलेसियाले ७.५ ओभरमा १ विकेट गुमाएर पूरा गर्‍यो ।

समूह चरणको अन्तिम खेलमा बिहीबार नेपाल र मलेसिया खेल्दै छन् ।

  himalayanvoice.com | १९ जेष्ठ २०८३, मंगलवार ११:०५

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online