ट्रेण्डिङ्ग:
|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित|नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले घट्यो|नेपाल–भारत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ: सभापति लामिछाने|फाइनलका लागि नेपालले ओमानसँग खेल्ने

फ्लप दिव्या रायमाझी दर्शक रिझाउन म्युजिक भिडियोमा देखिदै

काठमाडौँ । फिल्ममा डेब्यु गर्नुअघि स्टार किड्स दिव्या रायमाझीको चर्चा व्यापक थियो । अमेरिका पलायन भएका अभिनेता दीलिप रायमाझीकी छोरी भएका कारण उनीप्रति फिल्मकर्मीदेखि दर्शकसम्मको चासो थियो । यसैले उनले डेब्यु गरेको फिल्म ‘एक्टर: टेक वान’ उनकै कारण सर्वाधिक चर्चामा रह्यो । तर यो फिल्मले दर्शकको मन जित्न सकेन ।

एकातिर डेब्यु फिल्मको असफलता र अर्कोतिर प्रशंसालायक अभिनय देखाउन नसक्दा अहिले दिव्या फिल्म नगरीमा गुमनाम भएकी छिन । त्यस पछि उनि अभिनित अर्को फिल्म ‘पिताम्बर पनि दर्शकले रुचाएनन । लगातार दुई फिल्म फ्लप भए पनि उनीप्रति निर्माताहरुको भरोशा टुटेको भने छैन । यसैको परिणाम ‘माया प्रीति’मा अनुबन्धित भएकी छिन ।

दिव्या अब फिल्म संगै आफ्नो क्रेज कायम राख्न म्यूजिक भिडियोमा डेब्यु गरेकी छन् । युवापुस्ताका चर्चित गायक सज्जनराज वैद्यको नयाँ गीत ‘बेहुली’बाट उनले भिडियोमा डेब्यु गरेकी हुन् । यसमा उनको जोडी गायक सज्जनसँग नै बाँधिएको छ । यी दुईको केमेस्ट्रीलाई दर्शकहरुले मन पराएका छन् । र दिव्याको सुन्दरताको पनि प्रशंसा गरेका छन् ।

युट्युबमा ‘बेहुली’ले पाएको भ्यूज र टिकटक जस्ता प्लेटफर्ममा भाइरल भइरहेका गीतका अंश हेर्दा दिव्याले दुईवटा फिल्मबाट पाउन नसकेको लोकप्रियता यही एउटा गीतबाट हासिल गर्न सक्ने देखिन्छ । युवापुस्तामाझ चिनिने उनलाई यो राम्रो अवसर पनि हो । उनले शनिबार सामाजिक सञ्जालमा उक्त भिडियो सेअर गर्दै सज्जनसँग स्क्रिन सेअर गर्न पाएकोमा खुसी व्यक्त गरेकी छन् ।

  himalayanvoice.com | २३ असार २०८२, सोमबार १७:५१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online