ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

बन्द रहेका सुन पसल शुक्रबारदेखि खुले

काठमाडौँ । लामो समयदेखि बन्द रहेका सुन पसल शुक्रबारदेखि खुलेका छन् । सरकार र सुनचाँदी व्यवसायीबिच बिहीबार छबुँदे सहमति भएपछि पसल खुला गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

सुनको कारोबारमा विलासिता कर र मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ताको माग गर्दै चार सातादेखि व्यवसायीले पसल बन्द गरेर आन्दोलन गरेका थिए । सरकारले व्यवसायीका माग सम्बोधन गर्न कार्यदल गर्ने निर्णय गरेपछि व्यवसायीले विरोधका कार्यक्रम स्थगन गरी पसल खोलेका हुन् ।

लामो समयदेखि पसल बन्द हुँदा ग्राहकले गहना खरिद गर्न पाएका थिएनन् । सरकारले बजेटमार्फत सुनको कारोबारमा दुई प्रतिशत विलासिता कर र हिरा जडित गहनामा १३ प्रतिशत भ्याट लगाएको थियो । कर र भ्याटले उपभोक्ता र व्यवसायी दुवैलाई असर पर्ने भन्दै फिर्ताको माग गर्दै व्यवसायीहरू आन्दोलनमा उत्रेका थिए ।

एक सातादेखि व्यवसायीले सुनको मूल्यसमेत तोकेका थिएनन् । शुक्रबार प्रतितोला सुनको मूल्य एक लाख ९१ हजार आठ सय रुपियाँमा करोबार भएको महासङ्घले जनाएको छ ।

  himalayanvoice.com | २८ असार २०८२, शनिबार ११:०३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online