ट्रेण्डिङ्ग:
|शिकागोका मेयरले पोप लियो चौधौंलाई सामाजिक न्याय र बसाइँसराइमा प्रमुख सहयोगीको रूपमा हेरे|ट्रम्पको १.७७६ अर्ब डलरको ‘हतियारीकरण विरोधी’ सम्झौता कोषबाट भुक्तानी अस्थायी रूपमा न्यायाधीशद्वारा रोक|एनपीआई नीति संवादले टुक्रे संशोधनभन्दा अघि बढेर “विदेशस्थित नेपाली संलग्नता नीति” र “विदेशस्थित नेपाली ऐन” आवश्यक रहेको निष्कर्ष निकाल्यो|कुन आयोजनामा कति बजेट विनियोजन ?|राजनीतिक दललाई सरकारी अनुदान दिने सरकारको योजना|टुँडिखेलमा गणतन्त्र दिवस मनाइयो |गैर आवासीय नेपालीलाई दोस्रो बजारमा लगानी खुला|सुकुम्बासीको व्यवस्थापनमा सरकार चुक्यो : कांग्रेस सभापति थापा|आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बजेट विनियोजन |एलए मेट्रोले तपाईंको यात्राको योजना सहित भुक्तानी गर्ने नयाँ र सरल तरिकाहरू सुरु गर्‍यो

क्यालिफोर्नियाको कृषि फार्ममा आईसले गरेको धरपकडमा ३६० जना पक्राउ, एकको मृत्यू

लस-एन्जलस । गत हप्ता दक्षिणी क्यालिफोर्नियाका दुई गाँजा फार्महरूमा ३६० भन्दा बढी मानिसहरूलाई पक्राउ गरिएको संघीय अधिकारीहरूले पुष्टि गरेका छन्।

दक्षिणी क्यालिफोर्नियाका दुई गाँजा फार्महरूमा गरिएको धरपकड र छापा मार्ने कार्य राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरीमा पदभार सम्हाले पछिको सबैभन्दा ठूलो कारबाही मध्ये एक हो।

लस एन्जलसको उत्तरपश्चिममा रहेको क्यामारिलो र कार्पिन्टेरियामा रहेको ग्लास हाउस फार्ममा होमल्याण्ड सेक्युरिटीले अबैध आप्रवाशी खोजी वारेन्ट कार्यान्वयन गरेपछि बिहीबार गरिएको छापाका क्रममा ग्रीनहाउसको छतबाट लडेर एक कृषि मजदुरको मृत्यु भएको थियो ।

दक्षिणी क्यालिफोर्नियाभरि विस्तारित महिनाब्यापी कारबाहीको अन्त्यतिर दुई गाँजा फार्महरूमा छापा मारिएको थियो जुन मूल रूपमा लस एन्जलस रहेको केन्द्रित थियो ।तर राज्य सरकार र स्थानीय अधिकारीहरू भने यो धरपकड र छापाको बिरोधमा देखिएका छन् र संघीय सरकारको धरपकड र छापाका कारण आप्रवासी समुदायहरूमा डर र त्रास फैलिएको बताउदै आएका छन्।

तर गत शुक्रबार एक संघीय न्यायाधीशले ट्रम्प प्रशासनलाई लस एन्जलस सहित सात क्यालिफोर्निया काउन्टीहरूमा आप्रवाशीहरुको धरपकड र गिरफ्तारी रोक्न आदेश दिएका थिए।

क्यामारिलोको फार्ममा छापा मार्ने क्रममा ग्रीनहाउसको छतबाट खसेका एक कृषि मजदुरको शनिबार मृत्यु भएको थियो ।

  himalayanvoice.com | ३० असार २०८२, सोमबार २३:०५

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online