ट्रेण्डिङ्ग:
|सर्वेक्षणहरू भन्छ, ‘राष्ट्रपति ट्रम्पको सामूहिक निर्वासनलाई अत्यधिक समर्थन’|जर्मनीले पौने सात अर्बको सहयोग गर्ने|अन्तर्राष्ट्रिय बजारमै सुनको भाउमा नयाँ रेकर्ड|मनसुन क्रमशः कमजोर हुँदै|फागुन २१ मै निर्वाचन गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री कार्की|एक लाख डलर एच-१बि भिसा शुल्कले आप्रवासी कामदारहरूमा निर्भर ग्रामीण विद्यालय र अस्पतालहरू खतरामा|भारतमा भएको दुर्घटनामा दुई नेपालीको मृत्यु|राष्ट्रपति ट्रम्प भन्छन्: गार्ड तैनाथीको विरोध गर्ने इलिनोइसका गभर्नर र शिकागोका मेयरलाई जेल हाल्नु पर्छ|अमेरिकी दमनको बीचमा एल पासोका बिशपले आप्रवासीहरूबाट पोप लियो चौधौं हताश पत्रहरू ल्याए|नोबेल साहित्य पुरस्कार : स्विस उत्तरआधुनिकतावादी र अस्ट्रेलियाली लेखक प्रमुख दावेदार

क्यालिफोर्नियाको कृषि फार्ममा आईसले गरेको धरपकडमा ३६० जना पक्राउ, एकको मृत्यू

लस-एन्जलस । गत हप्ता दक्षिणी क्यालिफोर्नियाका दुई गाँजा फार्महरूमा ३६० भन्दा बढी मानिसहरूलाई पक्राउ गरिएको संघीय अधिकारीहरूले पुष्टि गरेका छन्।

दक्षिणी क्यालिफोर्नियाका दुई गाँजा फार्महरूमा गरिएको धरपकड र छापा मार्ने कार्य राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरीमा पदभार सम्हाले पछिको सबैभन्दा ठूलो कारबाही मध्ये एक हो।

लस एन्जलसको उत्तरपश्चिममा रहेको क्यामारिलो र कार्पिन्टेरियामा रहेको ग्लास हाउस फार्ममा होमल्याण्ड सेक्युरिटीले अबैध आप्रवाशी खोजी वारेन्ट कार्यान्वयन गरेपछि बिहीबार गरिएको छापाका क्रममा ग्रीनहाउसको छतबाट लडेर एक कृषि मजदुरको मृत्यु भएको थियो ।

दक्षिणी क्यालिफोर्नियाभरि विस्तारित महिनाब्यापी कारबाहीको अन्त्यतिर दुई गाँजा फार्महरूमा छापा मारिएको थियो जुन मूल रूपमा लस एन्जलस रहेको केन्द्रित थियो ।तर राज्य सरकार र स्थानीय अधिकारीहरू भने यो धरपकड र छापाको बिरोधमा देखिएका छन् र संघीय सरकारको धरपकड र छापाका कारण आप्रवासी समुदायहरूमा डर र त्रास फैलिएको बताउदै आएका छन्।

तर गत शुक्रबार एक संघीय न्यायाधीशले ट्रम्प प्रशासनलाई लस एन्जलस सहित सात क्यालिफोर्निया काउन्टीहरूमा आप्रवाशीहरुको धरपकड र गिरफ्तारी रोक्न आदेश दिएका थिए।

क्यामारिलोको फार्ममा छापा मार्ने क्रममा ग्रीनहाउसको छतबाट खसेका एक कृषि मजदुरको शनिबार मृत्यु भएको थियो ।

  himalayanvoice.com | ३० असार २०८२, सोमबार २३:०५

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online