ट्रेण्डिङ्ग:
|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग|आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध|सरकारले इन्धन र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउने|लेबनानमा भएको इजरायली आक्रमणमा ३१ जनाको मृत्यु, १४९ घाइते|‘द्वन्द्वग्रस्त मुलुकमा कार्यरत नेपालीहरूको सुरक्षाको उचित प्रबन्ध मिलाइएको छ’ 

बझाङको गार्मेन्ट उद्योगमा भीषण आगलागी, उद्योग पूर्णरूपमा नष्ट

बझाङ । बझाङको केदारस्युँ गाउँपालिका–४, बागथला बजारमा रहेको एक गार्मेन्ट उद्योगमा गएराति भीषण आगलागी भएको छ । स्थानीय पुष्पराज भट्टद्वारा सञ्चालित होनैनाथ गार्मेन्ट उद्योगमा गयराति करिब १२ः४५ बजे विद्युत् सर्ट सर्किटका कारण आगलागी भएको अनुमान गरिएको छ ।

जस्तापाताले छाएको एकतले तीन कोठे कच्ची भवनमा सञ्चालित उक्त उद्योग आगलागीबाट पूर्ण रूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी लोकेन्द्र सिंह ठगुन्नाले बताउनुभयोे ।

घटनाको जानकारी राति करिब १ः३० बजे प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट बागथलाबाट प्रहरी निरीक्षक हरकसिंह फरालको नेतृत्वमा चार सदस्यीय प्रहरी टोली घटनास्थलमा खटिएको थियो।प्रहरी र स्थानीयवासीको सहयोगमा राति २ बजेपछि आगो नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ ।

उद्योगभित्र रहेका सबै सामग्री जलेर नष्ट भएका छन् भने मानवीय र चौपायाको भने कुनै क्षति नभएको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ । प्रहरीका अनुसार आगलागी भएको भौतिक तथा आर्थिक क्षतिको विस्तृत विवरण सङ्कलन कार्य जारी रहेको छ ।

  himalayanvoice.com | १ श्रावण २०८२, बुधबार ००:०१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online