ट्रेण्डिङ्ग:
|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग|आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध|सरकारले इन्धन र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउने|लेबनानमा भएको इजरायली आक्रमणमा ३१ जनाको मृत्यु, १४९ घाइते|‘द्वन्द्वग्रस्त मुलुकमा कार्यरत नेपालीहरूको सुरक्षाको उचित प्रबन्ध मिलाइएको छ’ 

हिमपहिरोको जोखिम बढेपछि गाउँ छोड्ने सामूहिक निर्णय

हुम्ला। हिमपहिरोको उच्च जोखिम बढेपछि नाम्खा गाउँपालिका–६ को तिलगाउँका स्थानीयले गाउँ छाड्ने निर्णय गरेका छन्  । हिमपहिरोले गाउँ जोखिममा परेको र अब त्यहाँ बस्न उपयुक्त नहुने निष्कर्ष निकाल्दै तिलगाउँवासी सो निर्णयमा पुगेका हुन्।

लिमीको तिलगाउँमा हाल सुरक्षित स्थानमा पाल टाँगेर बस्दै आउनुभएका छिरिङ छिमेल तामाङले हिमपहिरो पीडित सबैले गाउँ छोडेर जाने निर्णय गरेको बताउनुभयो । गाउँमा रहनुभएका ४५ जनाको उपस्थितिमा बसेको तिलवासीको बैठकले असुरक्षित भएको महसुस गर्दै अब गाउँ छाडेर काठमाडौं जाने निर्णय गरेको उहाँको भनाइ छ ।

तिलगाउँ हिमपहिरो र पहिरोको उच्च जोखिममा रहेको स्थानीयले निष्कर्ष निकालेको र आउने कात्तिक मङ्सिर महिनापछि गाउँ नै छोडेर जाने निर्णय गरिएको उहाँले बताउनुभयो । अर्का स्थानीय छिरिङबा लामाले डर र त्रासले गर्दा आफूहरु गाउँ छोड्ने निर्णय गर्न बाध्य भएको बताउनुभयो । घरमा ताला लगाएर जग्गा बाँजो राख्ने भए पनि पशुवस्तु भने कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता रहेको उहाँको भनाइको छ ।

त्यसैगरी नाम्खा गाउँपालिका ६ का अध्यक्ष पाल्जोर तामाङले गाउँ छोड्न नमान्ने तिल गाउँका केही घरधुरीहरु पनि गत जेठमा खसेको हिमपहिरोको डरले अब गाउँ छोडेर जाने निर्णय गर्न बाध्य भएकोे जानकारी दिनुभयो।

तिलगाउँ खाली हुने निश्चित भएपछि वडाले प्रयास गर्दा नमानेको र अब गाउँपालिका र प्रदेशले केही सुरक्षित महसुस हुने खालको योजना ल्याए रोक्न सकिन्छ कि भन्ने लाग्न थालेको बताउनुुभयो । तिलगाउँमा हाल २३ घरधुरी बसोबास गर्दै आएका छन् ।

गत जेठ १ गते हिमपहिरो जाँदा गाउँ जोखिममा परेपछि हाल स्थानीय गाउँपारीको सुरक्षित चौरमा बस्दै आएका छन् । बिहान घरमा आउने काम गर्ने तर रात परेपछि पालमा गएर सुत्नुपर्ने बाध्यता भएको स्थानीयको भनाइ छ ।

  himalayanvoice.com | २ श्रावण २०८२, बिहीबार १०:२५

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online