ट्रेण्डिङ्ग:
|शिकागोका मेयरले पोप लियो चौधौंलाई सामाजिक न्याय र बसाइँसराइमा प्रमुख सहयोगीको रूपमा हेरे|ट्रम्पको १.७७६ अर्ब डलरको ‘हतियारीकरण विरोधी’ सम्झौता कोषबाट भुक्तानी अस्थायी रूपमा न्यायाधीशद्वारा रोक|एनपीआई नीति संवादले टुक्रे संशोधनभन्दा अघि बढेर “विदेशस्थित नेपाली संलग्नता नीति” र “विदेशस्थित नेपाली ऐन” आवश्यक रहेको निष्कर्ष निकाल्यो|कुन आयोजनामा कति बजेट विनियोजन ?|राजनीतिक दललाई सरकारी अनुदान दिने सरकारको योजना|टुँडिखेलमा गणतन्त्र दिवस मनाइयो |गैर आवासीय नेपालीलाई दोस्रो बजारमा लगानी खुला|सुकुम्बासीको व्यवस्थापनमा सरकार चुक्यो : कांग्रेस सभापति थापा|आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बजेट विनियोजन |एलए मेट्रोले तपाईंको यात्राको योजना सहित भुक्तानी गर्ने नयाँ र सरल तरिकाहरू सुरु गर्‍यो

आप्रवासी बालबालिकाहरूको लागि निर्वासन सुरक्षा पुनर्स्थापित गर्न मुद्धा दायर

न्युयोर्क। ट्रम्प प्रशासनले अभिभावकद्वारा दुर्व्यवहार, बेवास्ता वा त्यागिएका आप्रवासी बालबालिकाहरूको संरक्षण र सुरक्षा अस्विकार गरेपह्ची बालबालिकाहरूको प्रतिनिधित्व गर्ने कानुन ब्यावसायीहरूले बिहीबार संघीय अदालतमा उनीहरूको निर्वासन सुरक्षा पुनर्स्थापित गर्न आग्रह गर्दै मुद्धा दायर गरेका छन्।

न्यूयोर्कको पूर्वी जिल्लामा दायर गरिएको मुद्धा नौ युवाहरू र उनीहरूका कानुनी अधिवक्ताहरूको तर्फबाट दायर गरिएको थियो जसले लगभग १,५०,००० लाभार्थीहरूको लागि निर्वासन सुरक्षा पुनर्स्थापित गर्नेछ ।

राष्ट्रिय आप्रवासन परियोजनाकी वादी वकिल राहेल डेभिडसनले भनिन्, ‘यी युवाहरू दुर्व्यवहार, परित्याग र बेवास्ताबाट बचेका छन् तर अहिले उनीहरूलाई सुरक्षित राख्ने वाचा गरेका एजेन्सीहरूबाट हिरासत र देश निकालाको निरन्तर धम्की आउन थालेकोले पुन: आघात भोगिरहेका छन्।’

अभिभावकीय दुर्व्यवहार, बेवास्ता वा परित्याग भोगेका आप्रवासी बालबालिकाहरूलाई राज्य अदालतहरू र संघीय सरकार मार्फत विशेष आप्रवासी किशोर संरक्षण प्रदान गरिन्छ, जुन १९९० मा द्विदलीय समर्थनमा कांग्रेसद्वारा अनुमोदन गरिएको थियो।

जुनमा, ट्रम्प प्रशासनले एसआईजेएस लाभार्थीहरूको लागि निर्वासन सुरक्षा समाप्त गरेको थियो। एसआईजेएस लाभ बिना तिनीहरू अझै पनि भिसाको लागि अमेरिकामा पर्खन सक्छन् तर कामको अनुमति प्राप्त गर्न सक्दैनन्। र यदि तिनीहरू पर्खिरहेको बेला देश निकाला गरियो भने तिनीहरूअब कानुनत स्थायी बासिन्दा बन्न योग्य हुनेछैनन्।

जन्मसिद्ध नागरिकता अन्त्य गर्ने र सीमामा शरण रोक्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन प्रणाली सुधारको एक हिस्सा हो जसको उद्धेश्य मानिसहरूलाई अमेरिकामा गैर कानुनि रूपमा बसोबास गर्न अझ गाह्रो हुदै गएको छ । जसको कारण एसआईजेएस लाभ प्राप्त गरेका अभिभावकीय दुर्व्यवहार, बेवास्ता वा परित्याग भोगेका आप्रवासी बालबालिकाहरू समेत प्रत्यक्ष मारमा परेका छन् ।

  himalayanvoice.com | २ श्रावण २०८२, बिहीबार १९:४८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online