ट्रेण्डिङ्ग:
|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग|आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध|सरकारले इन्धन र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउने|लेबनानमा भएको इजरायली आक्रमणमा ३१ जनाको मृत्यु, १४९ घाइते|‘द्वन्द्वग्रस्त मुलुकमा कार्यरत नेपालीहरूको सुरक्षाको उचित प्रबन्ध मिलाइएको छ’ 

तीन पालिकामै दुई दर्जन पहिरो, उच्च जोखिममा चुरे फेदी

विराटनगर । बर्सातसँगै सुरु हुने बाढीपहिरोका कारण चुरे क्षेत्रको फेदीमा रहेका मानवबस्ती र खेतीयोग्य जमिन जोखिममा पर्ने क्रम बढ्दै गएको छ । उत्तरी मोरङका मिक्लाजुङ र केराबारी गाउँपालिका तथा लेटाङ नगरपालिका अन्तर्गत चुरे फेदीमा रहेका मानवबस्ती झन्डै दुई दर्जन पहिरोको जोखिममा रहेको मिक्लाजुङ गाउँपालिका पूर्वअध्यक्ष देवीप्रसाद आचार्य बताउनुहुन्छ ।

चुरेमा जाने पहिरोकै कारण मिक्लाजुङ गाउँपालिका–१ को कुवापानी भन्ने स्थानका २३ घरपरिवार विस्थापित भइसकेका छन् । उनीहरूमध्ये केही परिवारको अन्यत्र पनि जग्गा भएकाले उतै सरेका थिए भने अन्यत्र जग्गाजमिन नभएकालाई गाउँपालिकाले केही राहत उपलब्ध गराएको पूर्वअध्यक्ष आचार्य बताउनुहुन्छ ।

‘धेमे पहिरो’ मोरङको चुरे क्षेत्रको सबैभन्दा ठुलो पहिरो हो । यसले मिक्लाजुङ गाउँपालिकाका धेरै वडालाई प्रभाव पारेको छ । यसका कारण मिक्लाजुङ गाउँपालिकाका वडा नं. ५ र ६ तथा उर्लाबारी नगर पालिकाको वडा नं. १ र ४ बढी प्रभावित हुने गरेको स्थानीय जनप्रतिनिधिको भनाइ छ । पहिरो नियन्त्रणका लागि यस पटक सङ्घीय सरकारको तर्फबाट २५ लाख रुपियाँ बजेट विनियोजन गरिएको मोरङ क्षेत्र नं. १ का सङ्घीय सांसद डिकबहादुर लिम्बू बताउनुहुन्छ ।

त्यस्तै मिक्लाजुङ गाउँपालिकामै रहेको फोकेभिर पहिरो, बाजबिरे पहिरो, रतनपुर पहिरो, साखरे पहिरो पनि निकै ठुलो पहिरोका रूपमा परिचित छन् । यी पहिरोका कारण मिक्लाजुङ गाउँपालिकाका बर्खे, चुलीपोखरी, गौथलीभिर, साखरे, रचना, धोबिनी बजारलगायतका चुरे क्षेत्रका बस्ती जोखिममा रहेको मिक्लाजुङ गाउँपालिका विपत् व्यवस्थापन प्रमुख दीपक रोक्का बताउनुहुन्छ ।

लेटाङ नगरपालिका–१ मा रहेको साग्फारा, कुइकुन्डा, अँधेरी, खोलाधारी, धनबरे, वडा नं. ७ को सिमाना, कर्पसे, कुइकुन्डी, लाहाबारी, टावरहाउस, मूलदह, मलिबासे, वडा नं. ८ को ज्यामिरे, होक्से, लालझोडा, ज्यामिरे, भालुखोला जस्ता पहिराका कारण त्यस क्षेत्रका करिब एक हजार जनसङ्ख्या जोखिममा रहेको लेटाङ नगरपालिका उपप्रमुख कृष्णाकुमार निरौला बताउनुहुन्छ । केराबारी–२ मा रहेको बत्तिसजुरे पहिरो, पार्टीगाउँ पहिरो, क्युरीभन्ज्याङ पहिरो पनि यस क्षेत्रका विनाशकारी पहिरो हुन् । यी पहिरोका कारण स्थानीय क्षेत्रका भुवाखोला बस्ती, सिमाना बस्ती, भुसुने केराबारी, खर्बनी टोल प्रभावित छन् भने सयौँ बिघा खेतीयोग्य जमिन पनि पहिरोका कारण बगरमा परिणत भइरहेको केराबारी गाउँपालिका उपाध्यक्ष मनमाया मगर बताउनुहुन्छ ।

प्राकृतिक र मानवजन्य कारणले चुरेमा अति खराब जलाधारीय अवस्था भएकाले पनि चुरे पहिरोको उच्च जोखिममा रहेको जलाधार व्यवस्थापन कार्यालय कोशी प्रदेशका प्रमुख हृदयकुमार झा बताउनुहुन्छ ।

प्रमुख झाले भन्नुभयो, “प्राकृतिक हिसाबले चुरे कमलो भौगोलिक अवस्थाका भिराला पहाड र सङ्घकेन्द्रित वर्षा (वर्षभरिमा पर्ने कुल पानीको ८० प्रतिशत तीन महिनाकै केही दिनमा वर्षा हुन्छ) हुने कारण चुरे पहिरोको उच्च जोखिममा रहेको छ ।”

उहाँ भन्नुहुन्छ, “मानवजन्य गतिविधिले चुरेको भुइँ नाङ्गो भई ग्राउन्ड कभर (भुइँघाँस र झारपात) को अभावमा जमिनमुनि पानी छिर्न पाएन, एकै चोटि ठुलो पानी बग्दा पहिरो र बाढी दुवै जाने भयो । ठुलो बाढीका कारण खोलामा पानी नअटेर खेतीयोग्य जमिनमा पस्ने गरेको छ ।”

बर्सेनि चुरेमा जाने पहिरोको नकारात्मक असर आसपासका बस्तीमा मात्र नभएर त्योभन्दा तल तराई क्षेत्रमा समेत बढ्दै गइरहेको छ । चुरेबाट बगेको पहिरोको सिल्टेसन अर्थात् डिपोजिट (एक प्रकारको माल वस्तु) वर्षाको भेलसँगै चुरे क्षेत्रका नदीबाट बगेर तलतिर झर्छ, जसले गर्दा ती नदीहरूको बेग लेभल माथि उठी नदी किनाराको जमिनको सतह तल हुन जान्छ । त्यसको परिणम वर्षामा नदीमा आएको बाढी सजिलैसँगै बस्ती र खेतीयोग्य जमिन बग्न पुग्दछ । यसले तराईमा बिस्तारै मरुभूमीकरण बढ्दै गएको विज्ञहरू बताउँछन् ।

चुरे क्षेत्रको पहिरो स्थानीय समस्या मात्र नभएर चुरेको दक्षिणमा रहेको सम्पूर्ण तराई क्षेत्रको पनि समस्या भएकाले यसको नियन्त्रणका लागि केन्द्रीयस्तरमै पनि पहल भइरहेको छ तर नियन्त्रणका लागि बजेट विनियोजन हुन नसकेको सङ्घीय सांसद डिकबहादुर लिम्बू बताउनुहुन्छ ।

  himalayanvoice.com | ६ श्रावण २०८२, सोमबार ००:०४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online