ट्रेण्डिङ्ग:
|शिकागोका मेयरले पोप लियो चौधौंलाई सामाजिक न्याय र बसाइँसराइमा प्रमुख सहयोगीको रूपमा हेरे|ट्रम्पको १.७७६ अर्ब डलरको ‘हतियारीकरण विरोधी’ सम्झौता कोषबाट भुक्तानी अस्थायी रूपमा न्यायाधीशद्वारा रोक|एनपीआई नीति संवादले टुक्रे संशोधनभन्दा अघि बढेर “विदेशस्थित नेपाली संलग्नता नीति” र “विदेशस्थित नेपाली ऐन” आवश्यक रहेको निष्कर्ष निकाल्यो|कुन आयोजनामा कति बजेट विनियोजन ?|राजनीतिक दललाई सरकारी अनुदान दिने सरकारको योजना|टुँडिखेलमा गणतन्त्र दिवस मनाइयो |गैर आवासीय नेपालीलाई दोस्रो बजारमा लगानी खुला|सुकुम्बासीको व्यवस्थापनमा सरकार चुक्यो : कांग्रेस सभापति थापा|आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बजेट विनियोजन |एलए मेट्रोले तपाईंको यात्राको योजना सहित भुक्तानी गर्ने नयाँ र सरल तरिकाहरू सुरु गर्‍यो

बोलेरो दुर्घटना, नौ घाइते सातको अवस्था गम्भीर

फिदिम । तेह्रथुमको आठराई गाउँपालिका –६ मंसारीमा बलेरो दुर्घट्ना भएको छ । दुर्घट्नामा नौ जना घाइते भएका छन् । इटहरीबाट म्याङलुङ हुँदै पाँचथरको फिदिम आउँदैगरेको मे १ ज २५५२ नम्बरको बलेरो दुर्घटनामा परी घाइते भएका सबैलाई पाँचथर जिल्ला अस्पताल फिदिममा उपचारार्थ ल्याइएको छ ।

घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेकाले झापातर्फ रेफर गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी (प्रहरी निरीक्षक) रुपेश तामाङले जानकारी दिनुभयो ।

बाँकी चार जनाको पाँचथर जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुको नाम खुल्न बाँकी छ । दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ ।

घटनास्थल पाँचथर सदरमुकाम फिदिमदेखि २० मिनेट दूरीमा पर्छ । दुर्घटना अपरान्ह ४ बजे भएको प्रत्यक्षदर्सी आठराई गाउँपालिका –१ का वडाध्यक्ष कृष्ण बास्कोटाले जानकारी दिनुभयो ।

  himalayanvoice.com | ६ श्रावण २०८२, सोमबार १२:४९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online