ट्रेण्डिङ्ग:
|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित|नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले घट्यो|नेपाल–भारत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ: सभापति लामिछाने|फाइनलका लागि नेपालले ओमानसँग खेल्ने

सर्जक भण्डारीलाई लघुकथा सम्मान

काठमाडौं । नेपाल वाङ्मय परिषद धनगढी, कैलालीले कृति विमोचन तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको प्रारम्भमा संस्थाका अध्यक्ष डा. पुष्करराज भट्टले संस्थाका गतिविधिबारे जानकारी गराउनुभयो ।

नेपाल सरकारका पूर्व पशुपक्षी मन्त्री तथा साहित्यकार शान्ता मानवीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कायृक्रममा डा. हरिप्रसाद भण्डारीलाई पद्मा–रामचन्द्र लघुकथा सम्मान २०८१ प्रदान गरिएको छ ।

सम्मानित स्रष्टा डा. भण्डारीको जीवनी, कृतित्व र व्यक्तित्व बारेमा शेखर अर्यालले प्रकाश पार्नुभएको थियो । उहाँले डा. भण्डारीको लेखनयात्राका साथै सम्पादन एवं समालोचनाका क्षेत्रमा गर्नुभएको योगदानको बारेमा चर्चा गर्नुभयो । सम्मानित प्रतिभा डा.भण्डारीले आफ्ना अनुभूति प्रकट गर्नुभएको थियो ।

समारोहमा नेपाल वाङ्मय परिषदका अध्यक्ष डा. पुष्करराज भट्टको सिर्जनातर्फको छैठौं कृति आमा धरती बाबु आकाशको प्रमुख अतिथि लगायत सम्पूर्ण सहभागीले विमोचन गर्नुभयो । समारोहमा विमोचित कृतिको बारेमा डा. शेखरकुमार श्रेष्ठले प्रकाश पार्नुभयो । उहाँले यस कृतिमा अनुभूति, संवेदना, संघर्षका साथै मानवीय जीवनका विभिन्न पक्षको बारेमा जानकारी दिनुभयो ।

कार्यक्रममा दीपक लोहनी, नवराज रिजाल, डा. टीकाराम पोख्रेल, मातृका पोखरेलले शुभकामना मन्तव्य राख्नुभएको थियो । विमोचित कृतिका रचना लघुकथाकार किशन पौडेल, मनीषकुमार शर्मा समित्, इन्दिरा चापागाई, प्रार्थना खनाल एवं शान्ता तिम्सिनाले वाचन गर्नुभएको थियो ।

प्रमुख अतिथि शान्ता मानवीले आफ्नो जीवन राजनीतिक क्षेत्रमा बढी बितेको भए पनि आफूले साहित्य क्षेत्रलाई सधैँ माया गरिरहने विचार व्यक्त गर्नुभयो । उहाँले साहित्यले समाज र राजनीतिलाई सही दिशामा ल्याउन मद्दत पुग्ने बताउनुभयो । संस्थाको अध्यक्ष डा. पुष्करराज भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन गोविन्द अर्याल ‘श्रृङ्खला’ले गर्नुभएको थियो ।

  himalayanvoice.com | ११ श्रावण २०८२, शनिबार २३:२६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online