ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

पहिरोमा पुरिएर एकको मृत्यु, एक घाइते

लेखनाथ । कास्कीको माछापुच्छरे गाउँपालिका –३, घाचोकमा बुधबार पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर पोखरा महानगरपालिका वडा २५ का २३ वर्षीय तेजबहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले बुधबार दिउँसो साढे २ बजेतिर पहिरो पन्छाउने क्रममा गुरुङको शव फेला परेको जानकारी दिनुभयो । बङ्गुर फार्ममा दाना लिएर जाने क्रममा गुरुङ पहिरोमा पुरिएको उहाँले बताउनुभयो ।

घाचोकको लस्तीखोलास्थित हेमजा माछापुच्छरे सडक खण्डमा बिहान पौने १० बजे पहिरो गएको थियो । सोही पहिरोमा परी शिक्षक सुरजमोहन पोखरेल घाइते हुनु भएको छ । घाचोककै शुक्लागण्डकी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक पोखरेलको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

पोखराबाट विद्यालय जानेक्रममा शिक्षक पोखरेल सवार मोटरसाइकललाई पहिरोले पुरेको थियो । घाइते पोखरेललाई स्थानीयले उद्धार गरी अस्पताल लगेका थिए ।

 

  himalayanvoice.com | १५ श्रावण २०८२, बुधबार १०:५०

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online