ट्रेण्डिङ्ग:
|शिकागोका मेयरले पोप लियो चौधौंलाई सामाजिक न्याय र बसाइँसराइमा प्रमुख सहयोगीको रूपमा हेरे|ट्रम्पको १.७७६ अर्ब डलरको ‘हतियारीकरण विरोधी’ सम्झौता कोषबाट भुक्तानी अस्थायी रूपमा न्यायाधीशद्वारा रोक|एनपीआई नीति संवादले टुक्रे संशोधनभन्दा अघि बढेर “विदेशस्थित नेपाली संलग्नता नीति” र “विदेशस्थित नेपाली ऐन” आवश्यक रहेको निष्कर्ष निकाल्यो|कुन आयोजनामा कति बजेट विनियोजन ?|राजनीतिक दललाई सरकारी अनुदान दिने सरकारको योजना|टुँडिखेलमा गणतन्त्र दिवस मनाइयो |गैर आवासीय नेपालीलाई दोस्रो बजारमा लगानी खुला|सुकुम्बासीको व्यवस्थापनमा सरकार चुक्यो : कांग्रेस सभापति थापा|आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बजेट विनियोजन |एलए मेट्रोले तपाईंको यात्राको योजना सहित भुक्तानी गर्ने नयाँ र सरल तरिकाहरू सुरु गर्‍यो

मध्यपहाडी लोकमार्गको सिन्धुली खण्ड अवरुद्ध

सिन्धुली। मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुली खण्ड शनिबार बिहानैदेखि अवरुद्ध भएको छ । सडकमा पहिरो र लेदो थुप्रिएपछि लोकमार्ग अवरुद्ध भएको हो ।

गोलञ्जोर गाउँपालिका–६ अकरेभिरमा लेदोका कारण लोकमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार लोकमार्गको सडकखण्डमा राति परेको अविरल बर्षाको कारण ओखलढुङ्गाबाट काठमाडौँतर्फ जाँदै गरेको ११ वटा भैँसी लोड गरिएको ना७ख ७८९० नम्बरको छ चक्के ट्रक हिलो माटो लेदोमा फसेको र ट्रक निकाल्ने पहल भइरहेको छ । लोकमार्गका विभिन्न स्थानमा गरी तीन वटा ट्रक ‘होल्ड’ गरिएको छ ।

गोलञ्जोर गाउँपालिका–६ कै बलेनीस्थित मध्यपहाडी लोकमार्गमा सडक माथिबाट पहिरो खसेर बाटो अवरोध भएको छ । सडक अवरुद्ध भएका कारण खुर्कोट घुर्मी सडकखण्डमा गुड्ने सवारीसाधन खुर्कोटमा नै रोकिएका छन् । ओखलढुङ्गा, सोलुखुम्बु, भोजपुरलगायतका पूर्वी जिल्लाबाट राजधानी हिँडेका सवारीसाधनले केही समय कुर्नुपर्ने हुनेछ । सडकमा खसेको पहिरो र लोदो पन्छाउनको लागि पहल भइरहेको प्रहरीले बताएको छ । सिन्धुलीमा गए रातिदेखि निरन्तर वर्षा भइरहेको छ । रासस

  himalayanvoice.com | १७ श्रावण २०८२, शुक्रबार २३:१७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online