ट्रेण्डिङ्ग:
|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग|आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध|सरकारले इन्धन र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउने|लेबनानमा भएको इजरायली आक्रमणमा ३१ जनाको मृत्यु, १४९ घाइते|‘द्वन्द्वग्रस्त मुलुकमा कार्यरत नेपालीहरूको सुरक्षाको उचित प्रबन्ध मिलाइएको छ’ 

‘खेलाडी : सङ्घर्षदेखि सफलतासम्म’ पुस्तक सार्वजनिक

काठमाडौँ । खेलकुद पत्रकार विष्णु थापाद्वारा लिखित ‘खेलाडी : सङ्घर्षदेखि सफलतासम्म’ पुस्तक विमोचन भएको छ । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले शुक्रबार एक कार्यक्रमबिच विमोचन गर्नुभयो ।

विमोचन कार्यक्रममा मन्त्री सिंहले खेलकुद राष्ट्रको समृद्धि मापन गर्ने महत्त्वपूर्ण कडी भएको बताउँदै यो पुस्तक भाबी पुस्ताका लागि प्रेरणाका स्रोत हुनुका साथै महत्त्वपूर्ण दस्तावेजका रूपमा रहने बताउनुभयो ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले खेलाडीका विषयमा पत्रपत्रिकामा समाचार आए पनि पुस्तकका रूपमा सङ्ग्रहित हुन नसकिरहेको अवस्थामा यो पुस्तकले अरू धेरै पुस्तक लेखनका लागि पनि प्रेरणा दिने बताउनुभयो ।

नेपाल ओलम्पिक कमिटिका महासचिव राजीव श्रेष्ठले खेलाडीले गरेको सङ्घर्ष तथा उनीहरूको साहसिक सफलताका कथाहरूलाई एउटा सिङ्गो पुस्तकका रूपमा सिङ्गारेकोमा थापालाई बधाइ दिनुभयो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठले खेलाडीका सङ्घर्ष र सफलताका कथालाई पत्रकारले निरन्तर रूपमा प्रकाशित गर्दै आएको उल्लेख गर्दै त्यसलाई पुस्तकका रूपमा दस्तावेजीकरण गर्नु महत्त्वपूर्ण भएको बताउनुभयो ।

ब्याडमिन्टनका अन्तर्राष्ट्रिय निर्णायक दीपक थापाले खेलाडीका विषयमा पनि पुस्तक प्रकाशनको अभियान सुरु भएको बताउँदै यो अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

पुस्तकका लेखक विष्णु थापाले नेपाली खेलकुदका विभिन्न उतारचढाव भोगेका र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चा बटुलेका करिब पाँच दर्जन खेलाडीको सङ्घर्ष, सफलता र चर्चालाई समेटेर पुस्तक प्रकाशन गरिएको बताउनुभयो । नेपाल माला मिडिया प्रालिले प्रकाशन गरेको पुस्तकमा ७७ खेलाडीका व्यक्तिचित्र सङ्ग्रहित पुस्तक २६० पृष्ठको छ ।

  himalayanvoice.com | १८ श्रावण २०८२, शनिबार ०८:५८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online