ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

‘खेलाडी : सङ्घर्षदेखि सफलतासम्म’ पुस्तक सार्वजनिक

काठमाडौँ । खेलकुद पत्रकार विष्णु थापाद्वारा लिखित ‘खेलाडी : सङ्घर्षदेखि सफलतासम्म’ पुस्तक विमोचन भएको छ । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले शुक्रबार एक कार्यक्रमबिच विमोचन गर्नुभयो ।

विमोचन कार्यक्रममा मन्त्री सिंहले खेलकुद राष्ट्रको समृद्धि मापन गर्ने महत्त्वपूर्ण कडी भएको बताउँदै यो पुस्तक भाबी पुस्ताका लागि प्रेरणाका स्रोत हुनुका साथै महत्त्वपूर्ण दस्तावेजका रूपमा रहने बताउनुभयो ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले खेलाडीका विषयमा पत्रपत्रिकामा समाचार आए पनि पुस्तकका रूपमा सङ्ग्रहित हुन नसकिरहेको अवस्थामा यो पुस्तकले अरू धेरै पुस्तक लेखनका लागि पनि प्रेरणा दिने बताउनुभयो ।

नेपाल ओलम्पिक कमिटिका महासचिव राजीव श्रेष्ठले खेलाडीले गरेको सङ्घर्ष तथा उनीहरूको साहसिक सफलताका कथाहरूलाई एउटा सिङ्गो पुस्तकका रूपमा सिङ्गारेकोमा थापालाई बधाइ दिनुभयो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठले खेलाडीका सङ्घर्ष र सफलताका कथालाई पत्रकारले निरन्तर रूपमा प्रकाशित गर्दै आएको उल्लेख गर्दै त्यसलाई पुस्तकका रूपमा दस्तावेजीकरण गर्नु महत्त्वपूर्ण भएको बताउनुभयो ।

ब्याडमिन्टनका अन्तर्राष्ट्रिय निर्णायक दीपक थापाले खेलाडीका विषयमा पनि पुस्तक प्रकाशनको अभियान सुरु भएको बताउँदै यो अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

पुस्तकका लेखक विष्णु थापाले नेपाली खेलकुदका विभिन्न उतारचढाव भोगेका र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चा बटुलेका करिब पाँच दर्जन खेलाडीको सङ्घर्ष, सफलता र चर्चालाई समेटेर पुस्तक प्रकाशन गरिएको बताउनुभयो । नेपाल माला मिडिया प्रालिले प्रकाशन गरेको पुस्तकमा ७७ खेलाडीका व्यक्तिचित्र सङ्ग्रहित पुस्तक २६० पृष्ठको छ ।

  himalayanvoice.com | १८ श्रावण २०८२, शनिबार ०८:५८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online