ट्रेण्डिङ्ग:
|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग|आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध|सरकारले इन्धन र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउने|लेबनानमा भएको इजरायली आक्रमणमा ३१ जनाको मृत्यु, १४९ घाइते|‘द्वन्द्वग्रस्त मुलुकमा कार्यरत नेपालीहरूको सुरक्षाको उचित प्रबन्ध मिलाइएको छ’ 

डा. द्वारिकानाथ ढुङ्गेलको ‘निजामती प्रशासनमा कोतपर्व’ सार्वजनिक

काठमाडौँ । डा. द्वारिकानाथ ढुङ्गेलको ‘निजामती प्रशासनमा कोतपर्व’ पुस्तक सार्वजनिक भएको छ । पूर्वन्यायाधीश टोपबहादुर सिंह, डा. मीना आचार्य, डा. तीर्थबहादुर श्रेष्ठ, पत्रकार गजेन्द्र बुढाथोकीलगायतले लेखक ढुङ्गेलको निजामती प्रशासनमा कोतपर्व पुस्तकको लोकार्पण गर्नुभयो । 

पूर्वन्यायाधीश सिंहले आफूले न्याय क्षेत्रमा काम गरे पनि राणा, पञ्चायत, प्रजातन्त्र र गणतन्त्रसमेतको प्रशासनिक अवस्थालाई नजिकबाट नियाल्ने अवसर पाएको बताउँदै नेपालको प्रशासनिक निजामती क्षेत्रका बारेमा यस पुस्तकले विस्तृत रूपमा उजागर गरेको बताउनुभयो । न्यायाधीश सिंहले सार्वभौम मुलुकको विकासका लागि स्वतन्त्र र सुदृढ प्रशासन आवश्यकता रहेको बताउँदै यस पुस्तकले समग्र नेपाली निजामती क्षेत्रको तस्बिर देखाउन सक्षम भएको र पठनीय रहेको विचार व्यक्त गर्नुभयो ।

पूर्वप्रशासक अर्जुनमणि दीक्षितले यस पुस्तक नेपालको निजामती क्षेत्रको अध्ययन, अनुसन्धान गर्न चाहने नयाँ पुस्ताका लागि निक्कै उपयोगी रहेको र नेपालको निजामती सेवा प्रारम्भ हुँदादेखिका सम्पूर्ण दस्ताबेजको अभिलेखका कारण यस क्षेत्रलाई बुझ्न र पढ्न चाहने पाठकका लागि पुस्तकले सहयोग पुर्‍याउने बताउनुभयो ।

लेखक ढुङ्गेलले ऐतिहासिक दस्ताबेजदेखि निजामती क्षेत्रमा आफूले काम गर्दाको अनुभवसमेत लेखेर केही खराब नियत भएका कर्मचारीका कारण कसरी नेपाली निजामती प्रशासनको क्षेत्रलाई बरबाद पारेको छ, भन्ने कुरा पुस्तक पढेपछि स्पष्ट हुने बताउनुभयो । पत्रकार बुढाथोकीले पुस्तकको  समीक्षा गर्दै नेपाल निजामती सेवाको प्रारम्भदेखिका ऐतिहासिक गतिविधि प्रमाणका आधारमा राखिएकाले हालको नेपाली प्रशासन राणाकालको भन्दा फरक हुन नसकेको तथ्य भेटिने बताउनुभयो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वसदस्यसचिव तीर्थबहादुर श्रेष्ठले लेखक ढुङ्गेलले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पालामा निजामती सेवा ऐनको संशोधनको नाममा एकै पटक थुप्रै कर्मचारीको जागिर खोसिएको प्रसङ्गलाई निजामती प्रशासनको कोतपर्वका रूपमा लेख्नुभएको बताउनुभयो ।

डा. द्वारिकानाथ ढुङ्गेलले लामो समय यस क्षेत्रमा योगदान दिएका पूर्वप्रशासक, कर्मचारीले नै अहिले सरकारी कार्यालयमा गएर सेवा लिन सक्ने स्थिति नहुँदा हाम्रो प्रशासनिक क्षेत्रको अवस्था कता जाँदैछ भन्ने बुझिने बताउनुभयो । केसल्या प्रकाशनद्वारा प्रकाशित सो पुस्तकमा नेपालको निजामती सेवाको प्रारम्भदेखि हालसम्मका विविध पाटोबारे प्रमाण, अभिलेखसहित उल्लेख गरिएको छ ।

  himalayanvoice.com | १८ श्रावण २०८२, शनिबार २२:०३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online