ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

सरुको ‘टिकटकले भाइरल बनायो’ गीत बजारमा

काठमाडौँ । तीज पर्वलाई लक्षित गर्दै गायिका एवं समाजसेवी धनकुमारी थापा ‘सरु’ले ‘टिकटकले भाइरल बनायो’ गीत बजारमा ल्याउनुभएको छ । 

चर्चित हाँस्य कलाकार किरण केसी रातामकै र दिपाश्री निरौला अभिनित गीतको भिडियो पनि सार्वजनिक गरिएको हो । विमोचन समारोहमा प्रमुख अथिति बरिष्ठ गायक बमबहादुर कार्कीले गीतको शब्द, सङ्गीत र अभिनयको खुलेर तारिफ गर्नुभयो ।

गायिका धनकुमारी थापा ‘सरु’ले टिकटकलाई गलत प्रयोग गर्ने भन्दा पनि समाजका लागि सन्देश प्रवाह गर्ने सकारात्मक प्लेटफर्म बनाउन जरुरी रहेको र तीज पर्वलाई शिष्ट एवम मर्यादित रूपमा मनाउन सन्देश प्रवाह गर्ने गरी गीत तयार गरेको बताउनुभयो ।

धनकुमारी थापा ‘सरु’ र मनोजसिंह धामीको स्वरमा रहेको गीतको शब्द सङ्गीत धामीकै रहेको छ। प्रकाश भट्टको निर्देशनमा बनेको भिडियोमा दिपाश्री निरौला, किरण केसी, धनकुमारी थापा, मनोजसिंह धामीलगायतको अभिनय रहेको छ ।

  himalayanvoice.com | २० श्रावण २०८२, सोमबार २३:५५

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online