ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

पौराणिक कथामा आधारित एनिमेसन चलचित्र ‘महाअवतार नरसिंह’

काठमाडौँ । ‘केजिएफ’, ‘कान्तारा’ जस्ता चर्चित चलचित्रपछि होम्बाले फिल्म्स्ले ‘महाअवतार नरसिंह’ मार्फत एनिमेसन चलचित्रलाई माथि उठाउने काम गरेको छ । अश्विन कुमारद्वारा निर्देशित एनिमेटेड चलचित्रले एनिमेसन प्रविधिबाट विष्णुपुराणमा आधारित कथालाई चित्रण गर्न खोजेको छ ।

चलचित्रमा राक्षस हिरण्यकशिपु र भगवान् विष्णुका भक्त प्रह्लादबिचको द्वन्द्व देखाइएको छ । यस चलचित्रमा भगवान् विष्णुको नरसिंह अवतारलाई बेजोड ढङ्गबाट प्रस्तुत गरिएको छ । चलचित्रमा एक्सनसँगै साहसिक कार्य र भावनाको राम्रो मिश्रण छ । यद्यपि यो चलचित्र बालबालिकाका लागि उपयुक्त हुन सक्छ ।

चलचित्र पौराणिक कथामै आधारित छ । राक्षस हिरण्यकशिपुले आफ्ना कान्छा भाइको मृत्युको बदला लिन भगवान् विष्णुकै अगाडि आफूलाई भगवान्का रूपमा घोषणा गर्छन् तर उनकै छोरा प्रह्लाद भने भगवान् विष्णुका एक महान् भक्त हुन् । उनी भगवान् विष्णुकै भक्तिमा मग्न रहन्छन् जुन हिरण्यकशिपुलाई स्वीकार हुँदैन । उनले प्रह्लादमाथि अनेक अत्याचार गर्छन् । हिरण्यकशिपु राक्षसलाई परास्त र सन्तुलन गर्न भगवान् विष्णु आधा मानव, आधा सिंह, नरसिंहको अवतारमा प्रकट हुन्छन् र उनलाई नष्ट गर्छन् ।

एनिमेसन चलचित्र भए पनि पौराणिक कथामा छेडछाड नगरी धेरै राम्रो तरिकाले प्रस्तुत गरिएको छ । चलचित्र सामान्य एनिमेसन र विवरणबाट सुरु हुन्छ तर कथा अघि बढ्दै जाँदा एनिमेसनको गुणस्तर अझ बढ्दै गएको छ भन्दा फरक पर्दैन । दोस्रो भागमा दृश्यहरूलाई प्रभावशाली ढङ्गले जीवन्त र भावनात्मक देखाउन खोजिएको छ ।

चलचित्रको पहिलो भाग अलि सुस्त लाग्छ । दर्शक निराश हुन सक्छन् । केही गीत र नाटकीय दृश्य अलि लामो छ । दोस्रो भागमा विशेष गरी नरसिंह र हिरण्यकशिपुबिचको लडाइँ अद्भुत बनेको छ । चलचित्रले पौराणिक कथालाई मनोरञ्जनात्मक तरिकाले प्रस्तुत गरेको छ । यसले आजको पुस्तालाई आकर्षित गर्ने छ । चलचित्र भक्ति, विश्वास र भलाइको विजयको अद्भुत प्रस्तुति हो । केही सानातिना कमजोरी भए पनि चलचित्रले भारतीय एनिमेसनमा एक अद्वितीय स्थान हासिल गर्न सक्छ ।

चलचित्रको मुख्य कमजोरी आवाजको ‘डबिङ’ र ‘लिप–सिङ्किङ’ हुन् । यद्यपि अन्य विविध पक्ष राम्रो हुँदा यस चलचित्रले बजार लिने कुरामा दुई मत छैन । चलचित्रले बजार लिइरहेको पनि छ । दुई घण्टा २१ मिनेटको चलचित्र केवल एक किंवदन्ती मात्र नभई भावनात्मक सवारी हो । चलचित्रले आधुनिक भारतीय एनिमेसनमा भक्तिको कथालाई पुनस्र्थापित गर्ने प्रशंसनीय प्रयास गरेको छ ।

  himalayanvoice.com | २१ श्रावण २०८२, मंगलवार २३:०४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online