ट्रेण्डिङ्ग:
|शिकागोका मेयरले पोप लियो चौधौंलाई सामाजिक न्याय र बसाइँसराइमा प्रमुख सहयोगीको रूपमा हेरे|ट्रम्पको १.७७६ अर्ब डलरको ‘हतियारीकरण विरोधी’ सम्झौता कोषबाट भुक्तानी अस्थायी रूपमा न्यायाधीशद्वारा रोक|एनपीआई नीति संवादले टुक्रे संशोधनभन्दा अघि बढेर “विदेशस्थित नेपाली संलग्नता नीति” र “विदेशस्थित नेपाली ऐन” आवश्यक रहेको निष्कर्ष निकाल्यो|कुन आयोजनामा कति बजेट विनियोजन ?|राजनीतिक दललाई सरकारी अनुदान दिने सरकारको योजना|टुँडिखेलमा गणतन्त्र दिवस मनाइयो |गैर आवासीय नेपालीलाई दोस्रो बजारमा लगानी खुला|सुकुम्बासीको व्यवस्थापनमा सरकार चुक्यो : कांग्रेस सभापति थापा|आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बजेट विनियोजन |एलए मेट्रोले तपाईंको यात्राको योजना सहित भुक्तानी गर्ने नयाँ र सरल तरिकाहरू सुरु गर्‍यो

गायक कृष्ण विकको आँखा मार्ने’ बोलको गीत सार्वजनिक

काठमाडौँ । गायक तथा सङ्गीतकार कृष्ण विकको ‘आँखा मार्ने’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ।

विककै शब्द सङ्गीतमा तयार भएको गीतको गायनमा मनीषा सुनारले साथ दिनुभएको छ। एन एक्स मसको एरेन्जमा तयार भएको गीतको भिडियोमा नाजिर हुसेन र प्रियङ्का कार्की देखिनुभएको छ। आँखा मार्नेबाट नै गायक तथा सङ्गीतकार कृष्ण विकले भिडियो निर्देशनमा डेब्यू गर्नुभएको हो ।

यसअघि ‘यानीमाया’, ‘रातो टिकी’, ‘राधा पियारी’, ‘हजुर मुसुक्कै’ लगायतका गीतमा सफलता पाउनुभएका कृष्णले यो पटक थप मिहिनेत गर्नुभएको छ।

‘यो गीतको लागि एक वर्ष खर्चिएको छु। नाजिर र प्रियङ्काको केमेस्टी दर्शकको रोजाइ बन्ने अपेक्षा राखेको छु’, उहाँले भन्नुभयो।

भिडियो कृष्ण विकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।२०५८ सालमा ‘सुन्दर सुदूरपश्चिम हाम्रो’ गीतबाट औपचारिक गायन यात्रा सुरु गर्नुभएका विकले सिर्जना, अडियो र भिडियोमा विशेष मिहिनेत गर्नुहुन्छ।

  himalayanvoice.com | २२ श्रावण २०८२, बुधबार ११:०७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online