ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

जुम्लाबाट सुर्खेत जाँदै गरेको गाडी दुर्घटना, सात जना घाइते

जुम्ला । जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको फोर्स गाडी दुर्घटना हुँदा सात जना घाइते भएका छन् । कर्णाली राजमार्गअन्तर्गत कालिकोटको खाँडाचक्र–१० गोलुवा भन्ने स्थानमा शुक्रबार बिहान दुर्घटना हुँदा सात जना यात्रु घाइते भएका हुन् ।

बा. १ झ ०९७६ नम्बरको फोर्स गाडी अनियन्त्रित भई करिब एक सय मिटर तल खसेको हो । दुर्घटनामा पाँचजना गम्भीर र दुई जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी रविन बाबु रेग्मीले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनास्थल कालिकोटमा भएकाले त्यहाँको प्रहरी कार्यालयबाट जानकारी प्राप्त भएको हो । अहिले कालिकोटबाट प्रहरीको टोली घटना स्थलतर्फ पठाइएको छ । घाइतेहरूको विस्तृत विवरण आउन बाँकी छ ।

  himalayanvoice.com | २४ श्रावण २०८२, शुक्रबार ०१:५८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online