ट्रेण्डिङ्ग:
|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग|आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध|सरकारले इन्धन र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउने|लेबनानमा भएको इजरायली आक्रमणमा ३१ जनाको मृत्यु, १४९ घाइते|‘द्वन्द्वग्रस्त मुलुकमा कार्यरत नेपालीहरूको सुरक्षाको उचित प्रबन्ध मिलाइएको छ’ 

सर्लाही बस दुर्घटना : १७ यात्रु घाइते

सर्लाही । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित बाँके जङ्गलमा शुक्रबार साँझ बस पल्टँदा १७ जना यात्रु घाइते भएका छन्।

प्रदेश राजधानी जनकपुरबाट सर्लाही सदरमुकाम मलङ्गवाका लागि छुटेको ग १ ख ९४९४ नम्बरको बस दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीका प्रमुख एवं ट्राफिक प्रहरी निरीक्षक रजोश घिमिरेले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो।१६ जना घाइतेको लालबन्दीस्थित मोडेल अस्पताल र एक जनाको नवलपुरमा उपचार चलिरहेको इन्स्पेक्टर घिमिरेले जानकारी दिनुभयो।

घाइते सबैको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीले बताउनुभएको छ।शुक्रबार साँझपख मुसलधारे वर्षा भइरहेको बेला बस अनियन्त्रित भएर पल्टिएको थियो।

घाइतेलाई तत्कालै पूर्वपश्चिम राजमार्गमा यात्रा गरिरहेका यात्रु र प्रहरी भएर उद्धार गरेका थिए।बस सडकबाट एक बल्ड्याङ मात्रै पल्टिएकाले ठुलो क्षति टरेको लालबन्दीका इन्स्पेक्टर जोहारीले बताउनुभएको छ।

  himalayanvoice.com | २४ श्रावण २०८२, शुक्रबार ११:०२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online