ट्रेण्डिङ्ग:
|शिकागोका मेयरले पोप लियो चौधौंलाई सामाजिक न्याय र बसाइँसराइमा प्रमुख सहयोगीको रूपमा हेरे|ट्रम्पको १.७७६ अर्ब डलरको ‘हतियारीकरण विरोधी’ सम्झौता कोषबाट भुक्तानी अस्थायी रूपमा न्यायाधीशद्वारा रोक|एनपीआई नीति संवादले टुक्रे संशोधनभन्दा अघि बढेर “विदेशस्थित नेपाली संलग्नता नीति” र “विदेशस्थित नेपाली ऐन” आवश्यक रहेको निष्कर्ष निकाल्यो|कुन आयोजनामा कति बजेट विनियोजन ?|राजनीतिक दललाई सरकारी अनुदान दिने सरकारको योजना|टुँडिखेलमा गणतन्त्र दिवस मनाइयो |गैर आवासीय नेपालीलाई दोस्रो बजारमा लगानी खुला|सुकुम्बासीको व्यवस्थापनमा सरकार चुक्यो : कांग्रेस सभापति थापा|आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बजेट विनियोजन |एलए मेट्रोले तपाईंको यात्राको योजना सहित भुक्तानी गर्ने नयाँ र सरल तरिकाहरू सुरु गर्‍यो

हराउँदै गयो परम्परागत हाते जनै र डोरोको प्रचलन

बर्दिया। प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनै पूर्णिमामा प्रयोग गरिने जनै र डोरोको प्रचलन गाउँघरमा आजभोलि भने कम हुँदै गएको छ ।

पहाडी जिल्लामा पनि जनै पूर्णिमामा डोरो बाँध्ने परम्परा छ भने तराईका जिल्लाहरूमा जनै पूर्णिमासँगै राखी बाँध्ने परम्परा रहँदै आएको छ । वैद्यिक गुरु परम्परा अनुसार जनैलाई ब्रम्ह्रासुत्र अथवा ज्ञानको धागो समेत भनिन्छ । पहिलापहिला घरमानै डोरो र जनै बनाएर श्रावण सुक्ल पूर्णिमाको दिन त्यसलाई पुजेर लगाइने गरेको भएपनि आजभोलि बजारमा आयातित जनै र डोरोको प्रयोग बढ्दै जाँदा घरमा बनाउने जनै र डोरोको प्रचलन भने हराउँदै गएको छ ।

नेपालमा पछिल्लो समय भारतबाट आयात गरिने जनै र डोरोसहित राखिको प्रचलन बढ्दै गएको देखिन्छ । बजारमा जताततै खरिद गर्न पाइन थालेपछि अहिले गाउँघरमा निर्माण गरिने जनै र डोरोको प्रचलन कम हुँदै गएको हाे । नेपालमानै उत्पादन हुने धागो र कपासबाट बनाउने गरेको डोरो पछिल्लो समय भारतबाट बढी आयात हुने गरेको छ । आफ्ना पुर्खाहरूले जनै र डोरोमा रङ्गाउने रङ्ग नभए पछि माटोमा डुबाएर त्यसको रङ्ग निकालेर लगाउने गरेको स्थानीयको भनाइ छ । यसरी आफैँले बनाएकाे जनै र डोरो वर्ष भरी प्रयोग गर्ने चलन थियाे ।

गुलरिया नगरपालिका-४ प्रगति टोलका भूपेन्द्रराज ज्ञवालीले पहिलाको तुलनामा आजभोलि जनै बनाएर प्रयोग गर्ने परिपाटी अन्त्य हुँदै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “आजभोलि बजारमा भारतबाट आएको जनै पाइन्छ मानिसहरूले दुख्ख गर्न छाडे ।” गुलरिया नगरपालिका-५ भृकुटी टोलका ध्रुव ज्ञवालीले बजारमा सजिलै पाइने भएपछि घरमा जनै बनाउने परम्परा घट्दै गएको बताउनुभयो ।

गुलरिया नगरपालिका-४ कोटही मन्दिरका पुजारी प्रकाश पोखरेलले मानिसहरूलाई जनै र डोरो बनाउन समय लाग्ने भएकाले पनि मानिसहरू समयको बचत गर्न आजभोलि बजार गएर जनै र डोरो किन्ने गरेको बताउनुभयो । सत्ययुगमा दानवद्धार लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त वहशाली दानवराज बल शाही बाँधिए त्यसैले म तिमिलाई बाँध्छु, यसैले तिमि विचलित नहोऊ भनेर डोरो बाँधेर बचाएका थिए त्यसै दिन देखि जनै पूर्णिमाको महत्त्व रहँदै आएको छ ।

  himalayanvoice.com | २५ श्रावण २०८२, शनिबार ०१:५३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online