ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

झडपपछि कैलाली कारागारमा आफन्त भेट्नेको भीड

धनगढी । कैलालीको धनगढीस्थित जिल्ला कारागारमा कैदीबिच हिंसात्मक झडपपछि कैद भुक्तान गरिरहेका आफ्ना मान्छे भेट्न आउने आफन्तको कारागारमा भीड लागेको छ।

आजबाट कारागार प्रशासनले आफन्तलाई कैदीसँग भेटघाट र कुरा गर्न दिएपछि आफ्ना मान्छेको अवस्था बुझ्न आउने आफन्तको भीड लागेको हो। आफन्तले शनिबार पनि भेटघाट गरेका थिए।

घटनापछि आफ्ना व्यक्ति भेट्न आउने आफन्तको आज कारागारमा लाइन नै लागेको थियो। कारागारभित्र कैदीबिच हिंसात्मक झडप भएको थाहा पाएपछि छोराको अवस्था बुझ्न डोटीबाट आएको जोरायल गाउँपालिका–१ घन्टेश्वरका कमलबहादुर विकले बताउनुभयो।

“युट्युबमा हेरेर घटनाको बारेमा थाहा पाएपछि अवस्था बुझ्न धनगढी आएँ”, उहाँले भन्नुभयो,“छोराको अवस्था के छ, कस्तो छ, केही थाहा छैन।”

शुक्रबार मध्यराति ब्लक ए मा रहेका कैदीले ब्लक बी मा रहेका कैदीमाथि आक्रमण गरेका थिए। सो घटनामा धनगढी उपमहानगरपालिका–४ का ४० वर्षीय भरत चौधरीको ज्यान गएको थियो। ४७ जना कैदी घाइते छन्।

कारागारबाट कैदी सरुवापछि कैदीबिच मनमुटाव बढेको उनीहरुका आफन्तहरुको जिकिर छ। कैलालीको गोदावरी नगरपालिकास्थित गेटाका सिद्धराज भट्टले कैदीका नाइके अशोक रावलको सरुवापछि भित्र अशान्ति मच्चिएको जिकिर गर्नुभयो। “अशोक बाबु नाइके हुँदा भित्र सबैकुरा ठीकठाक चल्दै थियो। उनले सबैलाई मिलाएर राखेका थिए”, उहाँले भन्नुभयो,“अशोकको दाङ सरुवा भएपछि यहाँ अशान्ति भइरहेको छ।”

  himalayanvoice.com | २६ श्रावण २०८२, आईतवार १०:३९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online