ट्रेण्डिङ्ग:
|शिकागोका मेयरले पोप लियो चौधौंलाई सामाजिक न्याय र बसाइँसराइमा प्रमुख सहयोगीको रूपमा हेरे|ट्रम्पको १.७७६ अर्ब डलरको ‘हतियारीकरण विरोधी’ सम्झौता कोषबाट भुक्तानी अस्थायी रूपमा न्यायाधीशद्वारा रोक|एनपीआई नीति संवादले टुक्रे संशोधनभन्दा अघि बढेर “विदेशस्थित नेपाली संलग्नता नीति” र “विदेशस्थित नेपाली ऐन” आवश्यक रहेको निष्कर्ष निकाल्यो|कुन आयोजनामा कति बजेट विनियोजन ?|राजनीतिक दललाई सरकारी अनुदान दिने सरकारको योजना|टुँडिखेलमा गणतन्त्र दिवस मनाइयो |गैर आवासीय नेपालीलाई दोस्रो बजारमा लगानी खुला|सुकुम्बासीको व्यवस्थापनमा सरकार चुक्यो : कांग्रेस सभापति थापा|आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बजेट विनियोजन |एलए मेट्रोले तपाईंको यात्राको योजना सहित भुक्तानी गर्ने नयाँ र सरल तरिकाहरू सुरु गर्‍यो

महाकालीमा डुबेर दुई बालिका बेपत्ता

कञ्चनपुर । महाकाली नदीमा डुबेर दुई बालिका बेपत्ता हुनुभएको छ। आइतबार दिउँसो महाकाली नदीमा नुहाउने क्रममा कञ्चनपुरको भीमदत्त नगरपालिका–११, ऐरीका दुई बालिका बेपत्ता हुनुभएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार, भीमदत्त नगरपालिका–११का अन्दाजी ७ वर्षीया जीविता पन्त र आठ वर्षीया पानवी पन्त बेपत्ता हुनुभएको हो। शुक्रबार दिउँसो दाइसँगै नदीमा नुहाउने क्रममा उनीहरू बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायa उपरीक्षक सागर बोहराले बताउनुभयो।

भीमदत्त नगरपालिका ११ र १२ को सिमानाबाट नुहाउने क्रममा उनीहरू बेपत्ता भएको प्रहरीले जनाएको छ। बेपत्ता बालिकाको खोजी भइरहेको प्रनाउ बोहराले बताउनुभयो। नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी लगायत स्थानीयले बेपत्ता बालिकाको खोजी गरिरहेका छन्।

  himalayanvoice.com | २६ श्रावण २०८२, आईतवार १०:४६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online