ट्रेण्डिङ्ग:
|शिकागोका मेयरले पोप लियो चौधौंलाई सामाजिक न्याय र बसाइँसराइमा प्रमुख सहयोगीको रूपमा हेरे|ट्रम्पको १.७७६ अर्ब डलरको ‘हतियारीकरण विरोधी’ सम्झौता कोषबाट भुक्तानी अस्थायी रूपमा न्यायाधीशद्वारा रोक|एनपीआई नीति संवादले टुक्रे संशोधनभन्दा अघि बढेर “विदेशस्थित नेपाली संलग्नता नीति” र “विदेशस्थित नेपाली ऐन” आवश्यक रहेको निष्कर्ष निकाल्यो|कुन आयोजनामा कति बजेट विनियोजन ?|राजनीतिक दललाई सरकारी अनुदान दिने सरकारको योजना|टुँडिखेलमा गणतन्त्र दिवस मनाइयो |गैर आवासीय नेपालीलाई दोस्रो बजारमा लगानी खुला|सुकुम्बासीको व्यवस्थापनमा सरकार चुक्यो : कांग्रेस सभापति थापा|आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बजेट विनियोजन |एलए मेट्रोले तपाईंको यात्राको योजना सहित भुक्तानी गर्ने नयाँ र सरल तरिकाहरू सुरु गर्‍यो

दिवङ्गत आफन्तको सम्झनामा गाईजात्रा

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा धूमधामका साथ मनाइने पर्वमध्ये एक हो गाईजात्रा (सापारु) । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदाको दिन मनाइने यो जात्रा भक्तपुरमा भने अष्टमीसम्म नै मनाउने परम्परा रहँदै आएको छ । गाईजात्रा नेवार संस्कृतिबाट सुरु भएको हो ।

नेपाली समाजमा गाईजात्रा व्यङ्ग्य गर्ने अवसरको रूपमा समेत परिचित छ । यस पर्वमा नेवार समुदायमा एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी, विभिन्न बाजागाजा र झाँकीसहित स्थानीय मठमन्दिर र देवालय परिक्रमा गराउने र दुध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा रहेको छ । यसरी दिवङ्गत व्यक्तिको सम्झना गर्दै गाईजात्रा निकाल्दा उनीहरूको आत्मले सहजै वैतरणी पार गर्न सक्छन् भन्ने धार्मिक विश्वास पनि समाजमा रहेको छ ।

  himalayanvoice.com | २६ श्रावण २०८२, आईतवार १०:५१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online