ट्रेण्डिङ्ग:
|शिकागोका मेयरले पोप लियो चौधौंलाई सामाजिक न्याय र बसाइँसराइमा प्रमुख सहयोगीको रूपमा हेरे|ट्रम्पको १.७७६ अर्ब डलरको ‘हतियारीकरण विरोधी’ सम्झौता कोषबाट भुक्तानी अस्थायी रूपमा न्यायाधीशद्वारा रोक|एनपीआई नीति संवादले टुक्रे संशोधनभन्दा अघि बढेर “विदेशस्थित नेपाली संलग्नता नीति” र “विदेशस्थित नेपाली ऐन” आवश्यक रहेको निष्कर्ष निकाल्यो|कुन आयोजनामा कति बजेट विनियोजन ?|राजनीतिक दललाई सरकारी अनुदान दिने सरकारको योजना|टुँडिखेलमा गणतन्त्र दिवस मनाइयो |गैर आवासीय नेपालीलाई दोस्रो बजारमा लगानी खुला|सुकुम्बासीको व्यवस्थापनमा सरकार चुक्यो : कांग्रेस सभापति थापा|आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बजेट विनियोजन |एलए मेट्रोले तपाईंको यात्राको योजना सहित भुक्तानी गर्ने नयाँ र सरल तरिकाहरू सुरु गर्‍यो

मुस्ताङमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु, एक घाइते

मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका–३, स्याङमा ट्याक्टर दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ । सदरमुकाम जोमसोमबाट फर्निचरको सामग्री बोकेर मार्फातर्फ जाँदै गरेको ग १ त ७५०२ नम्बरको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका बागलुङ निसीखोला गाउँपालिका–५ का ३० वर्षीय चालक शेरबहादुर घर्ती मगरको प्रादेशिक अस्पताल जोमसोममा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक प्रहरी निरीक्षक विकास खत्रीले बताउनुभयो ।

मृतक चालकको टाउको र मुखमा गम्भीर चोट लागेर अचेत अवस्थामा अस्पतालमा लगिएकोमा राति ९ बजे नै मृत घोषणा गरिएको थियो । दुर्घटनामा घाइते गोरखा धार्चे गाउँपालिका–५ माछीखोला निवासी ६० वर्षीय आशबहादुर गुरुङको उपदार भइरहेको छ । घाइते गुरुङको दुबै हातमा चोट लागेको अवस्थामा हाल खतरामुक्त रहेको प्रादेशिक अस्पताल जोमसोमले जनाएको छ । दुर्घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  himalayanvoice.com | २७ श्रावण २०८२, सोमबार ०१:१४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online