ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

नारायणी अस्पतालमा उपचाररत कैदीको मृत्यु, आफन्तको प्रदर्शनपछि तनाव

वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत एक कैदीको मृत्यु भएसँगै मृतकका आफन्तहरूले अस्पताल प्रशासनको गम्भीर लापरबाहीको आरोप लगाउँदै आज दिउसो अस्पताल अगाडि विरोध प्रदर्शन पछि अस्पताल क्षेत्र तनावपूर्ण भएको छ ।

मृत्यु हुनेमा हत्याको अभियोगमा वीरगञ्ज कारागारमा रहेका वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ खलवाटोला श्रीसिया निवासी २८ वर्षीय राहुल साह तुहारा रहेका छन् ।

नारायणी अस्पतालका सूचना अधिकारी डा. उदय नारायण सिंहका अनुसार, तुहारालाई आज बिहान ८ः५० बजे अस्पताल भर्ना गरिएको थियो र उपचारको क्रममा बिहान १०ः३० बजे उनको मृत्यु भएको हो । डा. सिंहले तुहारालाई अस्पताल ल्याउँदा उनको मुखबाट रगत र फिज आइरहेको तथा रक्तचाप शून्य रहेको जानकारी दिनुभयो ।

डा. सिंहका अनुसार, तुहारालाई तत्काल आईसीयूमा राखेर उपचार गर्नुपर्ने अवस्था थियो । अस्पतालमा तत्काल आइसियु बेड खाली नभएपछि बाहिर अन्यत्र लैजान सुझाव दिइएको थियो र तुहाराको परिवारले एम्बुलेन्स समेत बोलाएका थिए । तर, लगत्तै एउटा आइसियु बेड खाली भएपछि उनलाई त्यही बेडमा राखेर उपचार सुरु गरियो । उपचार सुरु भएको करिब १५ मिनेटमै, अर्थात् १०ः३० बजे, तुहाराको मृत्यु भएको सिंहले बताउनुभयो ।

यता, मृतकका आफन्तहरूले भने अस्पतालको लापरबाही र सही समयमा उचित उपचार नपाएकै कारण राहुलको ज्यान गएको गम्भीर आरोप लगाएका छन् ।

यसैको विरोधमा उनीहरूले नारायणी अस्पतालअगाडि टायर बालेर प्रदर्शन गर्नुका साथै अस्पताल प्रशासनविरुद्ध नाराबाजीसमेत गरिरहेका छन् । घटनाले वीरगञ्जमा तनावको स्थिति सिर्जना गरेको छ ।

  himalayanvoice.com | २८ श्रावण २०८२, मंगलवार ०६:५६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online