ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

महाकाली नदीमा पानीको बहाव लगातार बढ्दै महाकाली नदीमा पानीको बहाव लगातार बढ्दै, बनबासा पुलमा चार पाङ्ग्रे सवारी आवागमन बन्द

कञ्चनपुर । कञ्चनपुरस्थित महाकाली नदीमा पानीको बहाव लगातार बढ्ने क्रम जारी छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज बिहान ११ बजे नदीमा १ लाख २६ हजार ७१२ क्युसेक पानी मापन भएको थियो । दिउँसो १ बजे १ लाख ४५ हजार ३१२ क्युसेक पानी मापन गरिएको थियो भने दिउँसो ३ बजे थप बढेर १ लाख ४९ हजार ५८० क्युसेक पुगेको प्रहरीले जनाएको छ ।

बिहानैदेखि नेपाल–भारत सीमास्थित बनबासा पुलमा चार पाङ्ग्रे सवारी साधनको आवागमन बन्द गरिएको छ ।

नदीमा पानीको बहाव बढेपछि भारतीय प्रशासनले चार पाङ्ग्रे सवारी साधन आवागमनमा पूर्ण रोक लगाएको हो । दुई पाङ्ग्रे सवारी साधन र पैदल यात्रुको आवतजावत भने सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार वर्षायाममा महाकाली नदीमा पानीको बहाव बढ्नु सामान्य भए पनि १ लाख क्युसेकभन्दा बढी पुगेपछि सुरक्षाका कारण बनबासा पुलमा चार पाङ्ग्रे सवारी साधन सञ्चालनमा रोक लगाउने गरिएको छ । नदी तटीय बस्तीका बासिन्दालाई सतर्क रहन अनुरोध गरिएको छ ।

  himalayanvoice.com | ३० श्रावण २०८२, बिहीबार ०८:५६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online