ट्रेण्डिङ्ग:
|शिकागोका मेयरले पोप लियो चौधौंलाई सामाजिक न्याय र बसाइँसराइमा प्रमुख सहयोगीको रूपमा हेरे|ट्रम्पको १.७७६ अर्ब डलरको ‘हतियारीकरण विरोधी’ सम्झौता कोषबाट भुक्तानी अस्थायी रूपमा न्यायाधीशद्वारा रोक|एनपीआई नीति संवादले टुक्रे संशोधनभन्दा अघि बढेर “विदेशस्थित नेपाली संलग्नता नीति” र “विदेशस्थित नेपाली ऐन” आवश्यक रहेको निष्कर्ष निकाल्यो|कुन आयोजनामा कति बजेट विनियोजन ?|राजनीतिक दललाई सरकारी अनुदान दिने सरकारको योजना|टुँडिखेलमा गणतन्त्र दिवस मनाइयो |गैर आवासीय नेपालीलाई दोस्रो बजारमा लगानी खुला|सुकुम्बासीको व्यवस्थापनमा सरकार चुक्यो : कांग्रेस सभापति थापा|आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बजेट विनियोजन |एलए मेट्रोले तपाईंको यात्राको योजना सहित भुक्तानी गर्ने नयाँ र सरल तरिकाहरू सुरु गर्‍यो

तनहुँको डुम्रेमा दुर्घटना अपडेट: घाइते हुने २१ जना पुगे

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा आज साँझ भएको दुर्घटनामा घाइते हुनेको सङ्ख्या २१ पुगेको छ ।

दमौलीबाट मुग्लिनतर्फ जाँदै गरेको ग१ख ७३२९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा ०१–००६ ख ६५०३ नम्बरको विद्युतीय माइक्रो दुर्घटना हुँदा बसमा सवार ११ र माइक्रोमा सवार १० गरी २१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

दुर्घटनामा घाइते हुनेमा बा ०१–००६ ख ६५०३ नं को विद्युतीय माइक्रोका चालक नामथर वतन नखुलेको, बसमा सवार तनहुँ व्यास–१० बस्ने २९ वर्षीया आशा दरै, २० महिनाकी साइन दरै, लमजुङ दोर्दी नपा–२ की ३४ वर्षीया गीता थापा कुँवर, निजको छोरी १८ वर्षीया अंशु कुँवर, नवलपरासी सुनौल नपा–६ बस्ने २६ वर्षीय विशाल लामिछाने, तनहुँको व्यास नपा–१० बस्ने २७ वर्षीय सोमबहादुर परियार र चितवन भरतपुर मनपा–११ बस्ने ७४ वर्षीय पर्शुराम भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक आशिष विश्वकर्माले जानकारी दिनुभयो ।

यस्तै, कास्की पोखरा मनपा बस्ने ४२ वर्षीय मेखकुमार गुरुङ, म्याग्दी बेनी नपा–८ बस्ने ३३ वर्षीय क्षितिज शेरचन दाईने, कास्की पोखरा मनपा–८ बस्ने २५ वर्षीया सम्झना ढकाल, म्याग्दी बेनी नपा–८ बस्ने ३० वर्षीया सजिना पुन, चितवन भरतपुर मनपा २३ वर्षीया रचना भण्डारी, कास्कीको पोखरा मनपा–२९ बस्ने ४२ वर्षीय ध्रुवराज सुवेदी, पोखरा मनपा–३२ बस्ने ३५ वर्षीय सचीन दुवा, महोत्तरी चुन्म गापा–१ बस्ने २४ वर्षीय सुवासचन्द्र यादव, नवलपुर बुलिनटार गापा– १ बस्ने ३२ वर्षीया सीता श्रेष्ठ, नवलपुर बुलिनटार गापा–१ बस्ने ११ वर्षीय समीर श्रेष्ठ, धादिङ ज्वालामुखी गापा–५ बस्ने ३६ वर्षीय साने विश्वकर्मा, तनहुँको भानु नपा–६ बस्ने ३० वर्षीया साननानी गुरुङ र लमजुङ कोलाहसोथर गापा–५ बस्ने ३८ वर्षीय बखतबहादुर गुरुङ घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरूको पोखरा मणिपाल शिक्षण अस्पताल, चितवन मेडिकल कलेज, लक्ष्मी अस्पतालमा उपचार भइरहेको छ ।

 

  himalayanvoice.com | ३० श्रावण २०८२, बिहीबार १५:००

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online