ट्रेण्डिङ्ग:
|शिकागोका मेयरले पोप लियो चौधौंलाई सामाजिक न्याय र बसाइँसराइमा प्रमुख सहयोगीको रूपमा हेरे|ट्रम्पको १.७७६ अर्ब डलरको ‘हतियारीकरण विरोधी’ सम्झौता कोषबाट भुक्तानी अस्थायी रूपमा न्यायाधीशद्वारा रोक|एनपीआई नीति संवादले टुक्रे संशोधनभन्दा अघि बढेर “विदेशस्थित नेपाली संलग्नता नीति” र “विदेशस्थित नेपाली ऐन” आवश्यक रहेको निष्कर्ष निकाल्यो|कुन आयोजनामा कति बजेट विनियोजन ?|राजनीतिक दललाई सरकारी अनुदान दिने सरकारको योजना|टुँडिखेलमा गणतन्त्र दिवस मनाइयो |गैर आवासीय नेपालीलाई दोस्रो बजारमा लगानी खुला|सुकुम्बासीको व्यवस्थापनमा सरकार चुक्यो : कांग्रेस सभापति थापा|आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बजेट विनियोजन |एलए मेट्रोले तपाईंको यात्राको योजना सहित भुक्तानी गर्ने नयाँ र सरल तरिकाहरू सुरु गर्‍यो

पहिरोले धादिङ बेसी मलेखु सडक अवरुद्ध

धादिङ । जिल्ला सदरमुकाम धादिङ बेँसीलाई पृथ्वीराजमार्गसँग जोड्ने धादिङबेँसी मलेखु सडक पहिरोले अवरुद्ध बनेको छ ।

नीलकण्ठ नगरपालिका–८ साँघुदारमा सडकमाथिबाट खसेको पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध बनेको हो ।

अहिले त्यस क्षेत्रमा सवारी आवागमन बन्द भएको छ । अघिल्लो वर्ष पहिरो खसेको स्थानमा फेरि पहिरो खसेको नगरपालिका–८ का वडाध्यक्ष प्रकाश श्रेष्ठले जानकारी दिनुभयो । पहिरोसँगै ढुङ्गा र रुख सडकमा खसेकाले तत्काल आवागमन खुलाउन समस्या देखिएको उहाँले बताउनुभयो ।

धादिङबेँसी नजिक केही वर्ष अघिदेखि पहिरो खस्दै आएको भए पनि नियन्त्रणको प्रयास भएको छैन । हाल जिल्लाका अधिकांश क्षेत्रमा भारी वर्षा भइरहेकाले सतर्क रहन आग्रह गरिएको छ ।

  himalayanvoice.com | ३२ श्रावण २०८२, शनिबार ०९:३९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online