ट्रेण्डिङ्ग:
|सर्वेक्षणहरू भन्छ, ‘राष्ट्रपति ट्रम्पको सामूहिक निर्वासनलाई अत्यधिक समर्थन’|जर्मनीले पौने सात अर्बको सहयोग गर्ने|अन्तर्राष्ट्रिय बजारमै सुनको भाउमा नयाँ रेकर्ड|मनसुन क्रमशः कमजोर हुँदै|फागुन २१ मै निर्वाचन गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री कार्की|एक लाख डलर एच-१बि भिसा शुल्कले आप्रवासी कामदारहरूमा निर्भर ग्रामीण विद्यालय र अस्पतालहरू खतरामा|भारतमा भएको दुर्घटनामा दुई नेपालीको मृत्यु|राष्ट्रपति ट्रम्प भन्छन्: गार्ड तैनाथीको विरोध गर्ने इलिनोइसका गभर्नर र शिकागोका मेयरलाई जेल हाल्नु पर्छ|अमेरिकी दमनको बीचमा एल पासोका बिशपले आप्रवासीहरूबाट पोप लियो चौधौं हताश पत्रहरू ल्याए|नोबेल साहित्य पुरस्कार : स्विस उत्तरआधुनिकतावादी र अस्ट्रेलियाली लेखक प्रमुख दावेदार

नेप्से परिसूचक बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६ दशमलव ५१ अङ्कले बढेर दुई हजार ७७६ दशमलव ९० को विन्दुमा कायम भएको छ ।

आज ३१६ कम्पनीको एक करोड ३१ लाख २४ हजार ३१० कित्ता शेयर ६१ हजार ७८४ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब ६३ करोड ६५ लाख ४८ हजार ३८ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज सबै समूहको उपसूचक बढेको छ । बैङ्किङ शून्य दशमलव ४०, विकास बैङ्क शून्य दशमलव २०, वित्त शून्य दशमलव ०२, होटल तथा पर्यटन शून्य दशमलव ०५, जलविद्युत् शून्य दशमलव १६ र लगानी समूह शून्य दशमलव २१ प्रतिशतले बढेको छ ।

त्यसैगरी जीवन बिमा शून्य दशमलव २५, उत्पादन तथा प्रशोधन शून्य दशमलव ४६, लघुवित्त शून्य दशमलव १२, म्युचुअल फन्ड शून्य दशमलव २९, निर्जीवन बिमा शून्य दशमलव ११, व्यापार शून्य दशमलव १८ र अन्य समूह शून्य दशमलव ०९ प्रतिशतले बढेको छ ।

आजको कारोबारमा सान्भी इनर्जी लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै छ दशमलव ९८ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने नारायणी डेभलपमेन्ट बैङ्क लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै छ दशमलव १४ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको रु ३१ करोड ७२ लाख ३७ हजार ८७२ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै सानिमा लार्ज क्याप फन्डको पाँच लाख ४३ हजार छ सय कित्ता खरिदबिक्री भएको छ । रासस

  himalayanvoice.com | ३ भाद्र २०८२, मंगलवार १०:५५

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online