ट्रेण्डिङ्ग:
|शिकागोका मेयरले पोप लियो चौधौंलाई सामाजिक न्याय र बसाइँसराइमा प्रमुख सहयोगीको रूपमा हेरे|ट्रम्पको १.७७६ अर्ब डलरको ‘हतियारीकरण विरोधी’ सम्झौता कोषबाट भुक्तानी अस्थायी रूपमा न्यायाधीशद्वारा रोक|एनपीआई नीति संवादले टुक्रे संशोधनभन्दा अघि बढेर “विदेशस्थित नेपाली संलग्नता नीति” र “विदेशस्थित नेपाली ऐन” आवश्यक रहेको निष्कर्ष निकाल्यो|कुन आयोजनामा कति बजेट विनियोजन ?|राजनीतिक दललाई सरकारी अनुदान दिने सरकारको योजना|टुँडिखेलमा गणतन्त्र दिवस मनाइयो |गैर आवासीय नेपालीलाई दोस्रो बजारमा लगानी खुला|सुकुम्बासीको व्यवस्थापनमा सरकार चुक्यो : कांग्रेस सभापति थापा|आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बजेट विनियोजन |एलए मेट्रोले तपाईंको यात्राको योजना सहित भुक्तानी गर्ने नयाँ र सरल तरिकाहरू सुरु गर्‍यो

प्रतिनिधिसभाबाट बालबालिकासम्बन्धी विधेयक (पहिलो संशोधन) स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले प्रस्तुत गर्नुभएको बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक सभाको सर्वसम्मतिले स्वीकृत गरेको हो ।

विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका विषयमा जवाफ दिँदै मन्त्री सुडीले बालबालिकाकाका क्षेत्रमा देखिएका समस्या समाधानका लागि विधेयक ल्याइएको स्पष्ट पार्नुभयो ।

बालबालिका सम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय मान्यतालाई ध्यान दिएर र सम्बन्धित पक्षको राय सुझाव लिएर नै विधेयक आएको बताउनुभयो ।

विधेयकमाथिको छलफलमा भाग लिँदै सांसदहरूले संविधानले प्रत्याभूत गरेका बाल अधिकारहरू व्यवहारमा कमजोर कार्यान्वयनका कारण वाञ्छित उपलब्धिहरू प्राप्त गर्न नसकिएको धारणा राख्नुभयो ।

सांसदहरूले सबै स्थानीय तहमा बालमैत्री स्थानीय शासन लागु गर्न र घोषणा भएका स्थानीय तहहरूको दिगोपनामा सहयोग र उत्प्रेरित गर्न आवश्यक रहेको भन्दै बाल संवेदनशीलतालाई ध्यानमा राखेर कानुन निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

यसैगरी बैठकले मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ ।

प्रतिनिधिसभाको अर्को बैठक भोली दिउँसो १ बजे बस्नेछ ।

  himalayanvoice.com | ४ भाद्र २०८२, बुधबार ०९:२६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online