ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

विधायन समितिमा निजामती विधेयकमा दफावार छलफल सुरु

काठमाडौँ । राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा संघीय निजामती विधेयकमाथि दफावार छलफल सुरु भएको छ ।

आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरु गोपाल भट्टराई, डा.वेदुराम भुसाल, डा.अन्जान शाक्य, सुरेश आलेमगर, तुलबहादुर विश्वकर्मालगायतले निजामती सेवामा समावेशी समानुपातिक सहभागिता सुनिश्चित हुने व्यवस्थालाई प्रस्तावनामै समेट्न सुझाव दिनुभयो ।

सांसदहरुले प्रतिनिधिसभाबाट पारित भइआएको प्रतिवेदनसहितको विधेयकमा तत्काल लागु हुने भन्ने व्यवस्था यथावत् राख्ने हो भने नियमावली पनि सँगै पेश गर्न सरकारलाई आग्रह गर्नुभयो ।

समितिको आजको बैठकमा प्रस्तावनाका साथै दफा ५ सम्म छलफल भएको छ ।

  himalayanvoice.com | ४ भाद्र २०८२, बुधबार २३:५२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online