ट्रेण्डिङ्ग:
|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग|आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध|सरकारले इन्धन र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउने|लेबनानमा भएको इजरायली आक्रमणमा ३१ जनाको मृत्यु, १४९ घाइते|‘द्वन्द्वग्रस्त मुलुकमा कार्यरत नेपालीहरूको सुरक्षाको उचित प्रबन्ध मिलाइएको छ’ 

फूलैफूलले रंगिएको बडिमालिका पाटन हरेक वर्ष साउन–भदौमा बडिमालिकाका पाटनहरू गुलाबी, नीलो, पहेँलो र सेता जङ्गली फूलले सजिन्छन्। विशेषगरी बडिमालिका मन्दिर वरपरको पाटन र त्रिवेणी क्षेत्रमा हजारौँ फूल फुलेर आकाशमुनि रङ्गिन चटाइ ओढिएको जस्तो देखिन्छ।

बाजुरा । बाजुराको धार्मिक तथा पर्यटकीय गन्तव्य बडिमालिका क्षेत्र अहिले फूलैफूलले भरिएको पाटनले मनमोहक देखिएको छ।

उच्च पहाडी क्षेत्र बर्खाको मौसममा हरियाली र विभिन्न रङका जङ्गली फूलहरूले ढाकिएपछि यहाँको दृश्य रमणीय बनेको हो।

हरेक वर्ष साउन–भदौमा बडिमालिकाका पाटनहरू गुलाबी, नीलो, पहेँलो र सेता जङ्गली फूलले सजिन्छन्। विशेषगरी बडिमालिका मन्दिर वरपरको पाटन र त्रिवेणी क्षेत्रमा हजारौँ फूल फुलेर आकाशमुनि रङ्गिन चटाइ ओढिएको जस्तो देखिन्छ।

स्थानीयहरूले यस दृश्यलाई ‘बडिमालिकाको सौन्दर्यको चरम रूप’ भनेका छन्। यस समयमा आएका पर्यटक फोटो खिच्दै प्राकृतिक सुन्दरताको मजा लिन्छन्। फूल हेर्न आउनेहरूको सङ्ख्यामा पनि पछिल्लो समय वृद्धि भएको छ।

बडिमालिका समुद्री सतहबाट करिब ४ हजार २०० मिटर उचाइमा अवस्थित छ। धार्मिक दृष्टिले मात्र नभई प्राकृतिक सौन्दर्यका कारण पनि यो पर्यटक आकर्षणको केन्द्र बनेको छ।

 

  himalayanvoice.com | ४ भाद्र २०८२, बुधबार २३:५८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online