वासिङ्टन । अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन (आइस) ले ३८ जना गैरकानूनी आप्रवासीहरू पक्रेको छ । पक्राउ परेका गैरकानूनी आप्रवासीहरू मध्य १५ जनालाई बाल यौन दुराचार, लागूपदार्थ तस्करी र हिंसात्मक आपराधिक गतिवधिमा संलग्न रहेकोमा दोषी ठहराइएको छ।
‘मंगलबार आइसद्वारा पक्राउ गैरकानूनी आप्रवासीहरूमध्य १५ जनालाई यौन दुर्व्यवहार, बढ्दो आक्रमण र चोरीमा दोषी ठहराइएको’ सहायक सचिव ट्रिसिया म्याकलालिनले बताइन। हामी कानून र व्यवस्था पुनर्स्थापित गर्दैछौं र अमेरिकीहरूको सुरक्षालाई प्राथमिकता दिइरहेका छौं। अब अमेरिका अपराधीहरूको लागि सुरक्षित आश्रयस्थल रहेन।’
पक्राउ परेका गैरकानूनी आप्रवासीहरूमा जोनाटन मोन्जोन-ओलिभारेस, पेड्रो क्यारिलो-मिरान्डा, लोयड टिनाशे ह्वेह्वे, ट्रोंग हो लुओन्ग र लाम्फे सिभोन्सा लगायत छन् ।
प्रतिक्रिया