ट्रेण्डिङ्ग:
|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए|श्रम ऐनबमोजिम कामदार राख्न मन्त्रालयको अनुरोध|प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मीलाई |संघीय संसद्का १२ वटा समितिका सभापतिहरू निर्वाचित|कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया सुरु|यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

जानकी साहित्य पुरस्कार समालोचक डा. पन्थलाई

गुल्मी । जानकी साहित्य पुरस्कार कवि तथा समालोचक डा. टंक पन्थलाई प्रदान गरिएको छ । ‘जानकी प्रतिष्ठान’ द्वारा स्थापना गरिएको उक्त पुरस्कार मोती जयन्तीको अवसर पारेर किरण पुस्तकालय तम्घासले यस वर्ष साहित्यकार पन्थलाई प्रदान गरिएको हो । पुस्तकालयले प्रत्येक वर्ष प्रदान गर्दै आएको ‘जानकी साहित्य’ पुरस्कार– २०८२ बाट छत्रकोट गाउँपालिका दिगामका पन्थलाई प्रदान गरिएको छ ।

रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीद्वारा नगद र सम्मान पत्रसहित उहाँलाई सो पुरस्कार प्रदान गरिएको हो । निरन्तर साहित्यिक क्षेत्रमा कलम चलाउने स्रष्टालाई पुरस्कृत गर्ने परम्परा अनुसार पन्थलाई उक्त पुरस्कार प्रदान गरिएको किरण पुस्तकालयका अध्यक्ष शशी पन्थीले जानकारी दिनुभयो । वि.सं.२०३३ सालमा रुरु क्षेत्र गाउँपालिका –४ बलेटक्सारमा जन्मनुभएकी जानकी ज्ञवाली साहित्य र मानवअधिकारको क्षेत्रमा काम गर्दागर्दै ३९ वर्षको उमेरमा असामयिक निधन भएको थियो ।

ज्ञवालीको निधनपछि उहाँका श्रीमान् शङ्करप्रसाद गौतमको अग्रसरतामा जानकीको स्मृतिमा किरण पुस्तकालय तम्घासमा एक लाख ५१ हजार १५१ रुपियाँको अक्षयकोष स्थापना गरिएको हो । हाल यस अक्षयकोषमा ५० हजार रुपियाँ थप गरिएको छ । उक्त अक्षयकोषको ब्याजबाट हरेक वर्ष ज्ञवालीको जन्मदिनको अवसर पारेर पुरस्कार घोषणा गर्ने र मोतीराम भट्टको जन्म जयन्तीको अवसर पारेर किरण पुस्तकालयमार्फत पुरस्कार प्रदान गरिन्छ ।

सो पुरस्कार स्व. जानकी ज्ञवाली गौतमको सम्झनामा २०७३ सालमा स्थापना गरेर गुल्मी जिल्लामा जन्मेर साहित्य सिर्जना गर्ने वा गुल्मीलाई केन्द्रमा राखेर साहित्य सिर्जना गर्ने साहित्यकारलाई प्रत्येक वर्ष किरण पुस्तकालयबाट मोती जयन्तीका दिन प्रदान गरिएको छ । साहित्यकार, समाजसेवी एवम् महिला अधिकारकर्मीको क्षेत्रमा काम गर्दै आउनुभएकी ज्ञवालीको २०७३ मङ्सिर १२ गते अल्पायुमै निधन भएको थियो ।

कवि तथा समालोचक पन्थले नेपाली कविता तथा समालोचना विधामा गरेको योगदानको कदर गर्दै पुरस्कार प्रदान गर्ने निर्णय गरिएको थियो । उहाँ त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको क्याम्पस प्रमुख समेत हुनुहुन्छ । पन्थका नयाँ नेपालको बाटो, विमर्सका स्पर्शहरु, समय स्पर्श, समय स्फोट, समय प्रश्न, ढुकढुकी, पाल्पाली साइनो, पाल्पाली साइनो–२, अभिव्यञ्जना गरी ९ वटा कविता संग्रह प्रकाशनमा आएका छन् । त्यस्तै, उहाँका पाल्पा साहित्येतिहास र समालोचना र विश्वेश्वर प्रसाद कोइरालाः कृति र प्रवृत्ति –२ समालोचना कृत्ति प्रकाशनमा आएका छन् ।

यसभन्दा अगाडि उक्त पुरस्कार सूर्यबहादुर सेन वलीले २०७५ सालमा, भागिरथी श्रेष्ठले २०७६ सालमा र रामप्रसाद पन्तले २०७७ सालमा, नारद गौतमले २०७८ सालमा, रुद्र ज्ञवालीले २०७९ सालमा हरिप्रसाद भण्डारीले २०८० सालमा र ठाकुर शर्मा भण्डारीले २०८१ सालमा प्राप्त गरिसक्नुभएको छ ।

  himalayanvoice.com | ८ भाद्र २०८२, आईतवार ००:५४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online