ट्रेण्डिङ्ग:
|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग|आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध|सरकारले इन्धन र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउने|लेबनानमा भएको इजरायली आक्रमणमा ३१ जनाको मृत्यु, १४९ घाइते|‘द्वन्द्वग्रस्त मुलुकमा कार्यरत नेपालीहरूको सुरक्षाको उचित प्रबन्ध मिलाइएको छ’ 

नेप्से परिसूचक १८ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १८ दशमलव शून्य दुई अङ्कले घटेर दुई हजार ७३९ दशमलव ९५ को बिन्दुमा कायम भएको छ। परिसूचक शून्य दशमलव ६५ प्रतिशतले घटेको हो।

आज ३२३ कम्पनीको एक करोड ४० लाख नौ हजार ७०८ कित्ता शेयर ५८ हजार १०५ पटक खरिदबिक्री हुँदा रू. छ अर्ब ५४ करोड ८६ लाख ३८ हजार ३३५ दशमलव ९२ को कारोबार भएको छ ।

उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव १५ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ शून्य दशमलव ८८, विकास बैंक एक दशमलव ६९, वित्त शून्य दशमलव ५३, होटल तथा पर्यटन शून्य दशमलव ६८ र जलविद्युत् एक दशमलव १९ प्रतिशतले घटेको छ ।

त्यस्तै, लगानी शून्य दशमलव ७८, जीवन बिमा शून्य दशमलव ४४, लघुवित्त शून्य दशमलव १५, म्युचुअल फण्ड शून्य दशमलव १६, निर्जीवन बिमा शून्य दशमलव ५०, व्यापार शून्य दशमलव १९ र अन्य समूह शून्य दशमलव १० प्रतिशतले घटेको छ ।

विकास हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य सात दशमलव २९ प्रतिशतले घटेको छ ।

कारोबार रकम र शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा बढी हिमालयन डिस्टिलरी लिमिटेडको रू. एक अर्ब ७५ करोड ७९ लाख ३० हजार ३८६ बराबरको १२ लाख ७४ हजार २२५ कित्ता शेयर किनबेच भएको छ ।

  himalayanvoice.com | ८ भाद्र २०८२, आईतवार १०:५६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online